चेल्सीद्वारा सिटी पराजित



लन्डन, (एजेन्सी)

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीद्वारा म्यानचेस्टर सिटी पराजितभएको छ ।शनिबार रातिसिजनको ३५औं साताको खेल जितेर उपाधिका साथ उत्सव मनाउन तम्तयार परेको म्यानचेस्टर सिटी चेल्सीसँग स्तब्धभएको हो । सिटी आफ्नै घरेलु मैदानमा पाहुना चेल्सीसँग २–१ गोलअन्तरले पराजितभयो । चेल्सीले एक गोलले पछि परेको स्थिति उल्टाएर इन्जुरी समयमा विजयी गोल गरेको थियो । यो हारपछि सिटीलाई उपाधि जित्न अर्को खेल सम्मपर्खिन बाध्य बनायो ।

क्लब इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको तीन दिनपछि आफ्नै घरेलु मैदानमा उपाधिजितेर उत्सवमनाउन ठिक्क परेको सिटीले च्याम्पियन्स लिगको फाइनालिस्ट टोलीसँग नमिठो हार भोग्यो । तीन दिनअघि मात्रै सिटी र चेल्सी युरोपिय नच्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेश गरेका थिए । यदिचेल्सीलाई हराउन सकेको भए सिटी अन्तिमतीन खेल अगावै उपाधि च्याम्पियनबन्ने थियो । यो खेलबाट तीनअंक जोड्दै चेल्सी शीर्ष चारमा सुरक्षित रहेको छ ।आफ्नो घरेलु मैदानमा सिटीका लागि खेलको ४४औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले सर्जियो अगुएरोको पासमानिकै राम्रो गोल गरेका थिए । लगत्तै पहिलो हाफको इन्जुरी समयमा सिटीले पेनाल्टी पायो । तर, सिटीका अर्जेन्टिनी फरवार्ड अगुएरो पेनाल्टीमा चुके । उनको पेनाल्टी चेल्सीकागोलकिपर मेन्डीले सहजै रोकिदिए ।

त्यसपछि, चेल्सी ६३औं मिनेटमा खेलमाफर्कियो । यसपटक हाकिमजियाचले आकर्षक गोल गरेर खेल १–१ मा स्थ्तिमाल्याएकाथिए । त्यसपछि खेल बराबरीतर्फ अग्रसर भएको थियो । तर, इन्जुरी समयमा चेल्सीकालागिअलोन्सोले डीबक्स भित्रबाट भलीमाशानदार गोल गरेपछि खेल चेल्सीले २–१ ले जित्यो । यो जितसँगै चेल्सीको खातामा ३५ खेलपछि ६४ अंक छ । यता, पराजित सिटीको ८१ अंकछ ।

प्रतिक्रिया दिनुहोस्