ओलीलाई भोलि बिहान ९ बजेसम्म नेपाल समूहकाे अल्टिमेटम



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भोलि सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ । आइतबार साँझ बसेको नेपाल समूहको बैठकले भोलि बिहान ९ बजेभित्र पार्टी जोगाउन ठोस निर्णयका लागि अन्तिम विकल्प दिएको नेता योगेश भट्टराईले जानकारी दिए ।

भोलि बिहान ९ बजेसमम आफ्ना माग पूरा नभएर सामूहिक राजीनामाको तयारी रहेको बुझिएको छ । भोलि बैशाख २७ गते प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्