जसपा नेता ठाकुर र महतो देउवालाई भेट्न बुढानिलकण्ठमा



न्युज अफ नेपाल ,काठमाडौं ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिन लागिरहँदा ठाकुर र महतो देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन् ।

प्रधानमन्त्री ओलीको विश्वास मतको पक्षमा रहेका भनिएका अध्यक्ष ठाकुर पक्षधरले देउवासँग वैशाख २७ गतेपछिको राजनीतिक सहकार्य प्रष्टता खोजेको एक नेताले बताएका छन् । ओलीलाई विश्वासको मत प्राप्त नहुने अवस्था आएमा जसपाको ठाकुर पक्षधरहरू तटस्थ बस्ने तयारीमा रहेको निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्