ओप्पो विश्वका १० उत्कृष्टमा पर्न सफल



सन्चन, चीन (एजेन्सी) ।

अग्रणी स्मार्ट उपकरण ब्रान्ड ओपोले आफू सञ्चालनमा रहेका ४० देश तथा क्षेत्रमा बौद्धिक सम्पत्तिको सम्मान तथा रक्षा गर्दै आफ्ना समग्र नयाँ सफलताहरूको समीक्षा गरी २१औँ वल्र्ड इन्टेलेक्चुअल प्रपर्टी (आईपी) दिवस मनाएको छ ।

वल्र्ड इन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेसन (डब्ल्यूआईपीओ)का अनुसार ओपो यसपटक पनि गरी लगातार दोस्रो वर्ष अर्थात् सन् २०१९ तथा ०२०का लागि उत्कृष्ट १० प्याटेन्ट को–अपरेसन ट्रिटीमा पर्न सफल भएको छ ।सन् २०२१ मार्च ३१ सम्ममा ओपोले ६१ हजार प्याटेन्ट्स फाइल गरी सकेको छ र ग्लोबल्ली २६ हजार प्याटेन्टको स्वामित्व कम्पनीको अधीनमा रहेको छ । तीमध्ये ८९ प्रतिशत प्याटेन्ट एप्लिकेशन्स वा ५४ हजार युटिलिटी प्याटेन्ट्स रहेका छन् ।‘विश्व आईपी दिवस, आम मानिसमा आईपी एसेट्स जोगाउन सचेतना जगाउनका लागि एउटा राम्रो अवसर हो । बृहत् आईपी पोर्टफोलियोका साथ विकासको द्रूत गतिमा रहेको प्राविधिक कम्पनीका रूपमा ओपो भविष्यका लागि प्राविधिक अन्वेषण र विकासका निमित्त थप लगानी गर्न प्रतिबद्ध छ’, ओपोको इन्टेलेक्चुअल प्रपर्टीका वरिष्ठ निर्देशक एड्लर फेंगले भन्नुभयो– ‘यिनैका आधारमा हामी आफ्ना विश्वभरका प्रयोगकर्ताहरूका लागि हाम्रा उत्कृष्ट नवप्रबर्तन निरन्तररूपमा पस्किरहने छौँ ।’

विगतका वर्षहरूमा ओपोले भर्चुओस इन्नोभेसनको नीति पछ्याउँदै आफूलाई वैश्विक ब्राण्डका रूपमा स्थापित गरिसकेको छ । कम्पनीले फाइभजी, फ्ल्यास चार्ज, एआई तथा इमेज लगायत क्षेत्रमा औद्योगिकरूपमा अग्रणी विशेषज्ञता पनि हासिल गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्