कोरोना परीक्षण गर्न अस्पतालको अनुरोध



काभ्रे, (नेस)

बुधबार दिउँसो बनेपा नगरपालिका–१४ भंैसेपाटी घर भएका ४२ वर्षीय युवालाई कोरोना संक्रमणका कारण असहज भयो । परिवारका सदस्यहरुले तत्कालै बनेपास्थित शिर मेमोरियल अस्पताल बनेपा पु-याए । शैय्या अभावका कारण धुलिखेल अस्पताल पु¥याउँदापु¥याउँदै उहाँको निधन भयो । उहाँ केही दिनअघि संक्रमित भई घरमै आराम गरिरहनुभएको थियो ।

मंगलबार बनेपामा निधन भएका ४२ वर्षीय युवा व्यवसायीको पनि उपचार गर्न लैजाने क्रममा बाटोमै निधन भएको थियो । अघिल्लो उहाँको परीक्षणका लागि स्वाब दिए पनि निधन भइसकेपछि रिपोर्ट प्राप्त भएको थियो । मंगलबार निधन भएकी बनेपा १ कि ६२ बर्षिया महिलाको पनि उपचारका क्रममा अस्पतालको गेटमै निधन भएको थियो । मण्डन देउपुर नगरपालिकाका ७८ वर्षीय पुरुषको पनि अस्पताल ल्याएको केही दिनमै निधन भएको थियो । सात दिनमा निधन भएका १७ मध्ये केहीबाहेक अधिकांशको अस्पतालमा उपचार शुरु नहुँदै निधन भएको अस्पतालले जनाएको छ ।

यसरी परीक्षण नभई लक्षण मिल्ने व्यक्तिहरुको धमाधम निधन हुन थालेपछि समयमै परीक्षण र उपचारका लागि अस्पताल आउन स्वास्थ्य कार्यालय काभ्रेले नागरिकहरुमा अनुरोध गरेको छ । कोरोना संक्रमण समुदायमा फैलिरहँदा संक्रमितहरु उपचार नपाईकनै धमाधम मर्न थालेपछि अस्पतालले नागरिकमा अनरोध गरेको हो ।स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले संक्रमण भएर घरमै बसिरहने र अन्तिम अवस्था भएपछि अस्पताल आउने गरेकाले उपचार नै शुरु नभई निधन हुने गरेको बताउनुभयो । ‘नागरिकहरुलाई संक्रमणको दर बढिरहेको अवस्थामा लक्षण देखिने व्यक्तिले तत्कालै परीक्षण र उपचारका लागि आउन अनुरोध गरिरहेका छौं’, डा. नरेन्द्रकुमार झाले भन्नुभयो– ‘संक्रमण भएकाहरु उपचार गर्न अस्पताल नआउने र लक्षण देखिएकाहरु परीक्षण नै नगर्ने कारण मृत्यु हुने क्रम बढेको छ ।’ लक्षण मिल्ने तर परीक्षण नभएका केही व्यक्तिको अस्पताल आउँदाआउँदै निधन हुने गरेको छ भने केहीको घरमै निधन भएकाले अस्पताल ल्याउन भ्याइएको छैन ।

बुधबार धुलिखेल नगरपालिका–१० की ६० वर्षीया महिलाको पनि निधन भयो । चार दिनदेखि लक्षण मिल्ने कोरोना भाइरसको संक्रमण भए पनि उहाँको परीक्षण गरिएको थिएन । सरकारले पछिल्लो समय मरेपछि परिवारको अनुरोधमा बाहेक पीसीआर गर्न नपर्ने निर्णय गरेपछि त्यस्ता ब्यक्तिहरुको परीक्षण हुने गरेको छैन ।बनेपाको शिर मेमोरियल अस्पतालको गेटमा आइपुग्दा निधन भएकी महिलाको लक्षण कोरोनासँग मिल्दोजुल्दो भए पनि परिवारले परीक्षण गर्न मानेन । पनौतीस्थित त्रिवेणी धाममा बुधबार नै उहाँको अन्त्यष्टि गरिएको छ ।वडाध्यक्ष पुष्प राउतले उहाँलाई उपचारमा लैजाने र शव अन्त्येष्टिमा सहभागीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने गरी अलग्गै बस्न अनुरोध गरिएको बताउनुभयो । बनेपाको एक सुन पसलमा काम गर्ने ३८ वर्षीय भारत घर भएका युवाको लक्षण मिल्दोजुल्दो भएकाले उपचारका क्रममा अस्पताल पु-याउँदापु-याउँदै निधन भए पनि स्वाब परीक्षण गर्दा कोरोना देखिएको थियो । उहाँसँग बस्ने अन्य केही व्यक्तिमा पनि संक्रमण देखिएको अस्पतालले जानकारी दिएको छ ।

समुदायमा भयावह अवस्था सिर्जना भइसक्दा पनि केही पालिकाबाहेक अधिकांशले पहिलाको जस्तो नागरिकलाई सहज हुने गरी स्वाब संकलन गरेका छैनन् । ब्यक्ति आफं अस्पताल वा प्रादेशिक ल्याब पुगेर स्वाब दिएका आधारमा मात्रै संक्रमण न्यँनीकरण हुने अपेक्षा गर्न नसकिने डा. नरेन्द्रकुमार झा बताउनुहुन्छ ।बुधबार मात्रै बनेपा–१४ निवासी ४२ वर्षीय युवा, धुलिखेल ५ निवासी ७१ वर्षीया महिला र धनगढी निवासी ७० वर्षीय पुरुषको धुलिखेल अस्पतालमा निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्