लुम्बिनी प्रादेशिक अस्पतालमा बेड नपाएपछि क्लिनिकमा उपचाररत ४ संक्रमितको मृत्यु



यमलाल भुसाल, बुटवल ।

कोरोना विशेष अस्पतालमा बेड नपाएपछि लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा उपचार भैरहेका रुपन्देहीका तीनजना महिला र एक पुरुष गरि ४ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो ८ घण्टाको अवधीमा चारजना संक्रमितको मृत्यु भएको हो ।कोरोना विशेष अस्पतालमा बेड नपाएपछि उनीहरुलाई फिबर क्लिनिकमै भर्ना गरि उपचार भैरहेको थियो । बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुषमा वैशाख १५ गते कोरोना पोजेटिभ पुष्टि भइ सोही दिन अस्पताल भर्ना भएकामा मंगलबार राति १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनु भयो ।
यस्तै कन्चन गाउँपालिका–४का २७ वर्षीया महिलामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको र सोही दिन अस्पताल भर्ना भएकोमा बुधबार बिहान पौने ६ बजे मृत्यु भएको हो ।

यस्तै बुटवल ९ का ५४ वर्षीया महिलामा वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भइ सोही दिन अस्पताल भर्ना भएकोमा बुधबार बिहान ६बजेर .२२ मिनेट जादा मृत्यु भएको हो ।

यस्तै वैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएकी तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिला २१ गते अस्पताल भर्ना भएकोमा उपचारका क्रममा बुधबार बिहान ६वजेर ३८ मिनेट जादाँ मृत्यु भएको अस्पतालका प्रवक्ता गौतमले बताउनु भयो । विडम्बनाको कुरा के छ भने संक्रमितहरुले बेड नपाएर मृत्यु बरण गरि रहदा पनि सरकार मुक दर्शक हुनुले नागरिक प्रति सरकारको जिम्मेवारीता कस्तो छ भन्ने कुरा पुष्टि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्