गर्भवती प्रेमिकाको हत्या



लन्डन, (एजेन्सी) ।

प्युर्टो रिकाका बक्सर फेलिक्स भेर्डेजो सान्चेजमाथि उनकी गर्भवती प्रेमिका केइस्ला रोड्रिग्वेजको हत्या गरेको आरोप लागेको छ ।

लन्डन ओलम्पिक २०१२ मा खेलिसकेका भेर्डेजो सान्चेजमाथि अपहरण र हत्याको आरोपमा कार्वाही चलाइएको छ । उनले शवलाई आइल्यान्डको राजधानी सानजुआन नजिकको पुलबाट फ्यालेको त्यहाँका प्रहरीले जनाए । २७ वर्षीय विवाहित लाइटवेट बक्सरले पहिले प्रेमिकाको अनुहारमा पन्च मारेका थिए ।

यसपछि उनले प्रेमिकालाई बेरेर पुलबाट फ्यालेका थिए । उनले पुलमाउभिएर पानीमै पिस्टोलले गोली हानेको पनि प्रत्यक्षदर्शीले जनाएका थिए । रोड्रिग्वेजले करिअरमा २९ वटा फाइट खेलेका छन् । उनले २७ मा जित र २ खेलमा हार बेहारेका छन् । यसमध्ये १७ खेल उनले प्रतिद्वन्द्वी खेलाडीलाई नकआउट गरेर जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस्