टेलिकमको अफरै अफर



काठमाडौ (नेस) ।

काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा लागू गरिएको निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकहरूका लागि नेपाल टेलिकमले विभिन्न आकर्षक डाटा सुविधाहरू उपलब्ध गराएको छ ।

टेकिमले वान जीबी पर डे विथ बोनस भ्वाइस प्याक २८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने प्याक ६ सय ४९ मा उपलब्ध गराएको छ । सेवाग्राहीले आवश्यकता बमोजिम डाटा चलाउन र कुराकानीसमेत गर्न सक्ने भएकाले यो प्याक निकै लोकप्रिय रहेको टेलिकमले दाबी गरेको छ ।

त्यसैगरी टेलिकमले ७ दिनका लागि १दशमलव ५ जीबी प्याक ७ दिनसम्म १दशमलव ५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी प्याकको व्यवस्था गरेको छ । नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रूपम यो प्याक जम्मा ९५ रुपियामा मा उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्