कोईला बालेर सुत्दा एकै परिवारका सदस्यमध्ये एकको मृत्यु, २ अचेत



पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मिलन चोकमा कोइला बालेर सुतेका आमा र दुई छोरीमध्ये एक जनाको मृत्यु भएको छ । काभ्रेको तिमाल गाउँपालिकास्थित गुडुवाल घर भएकी २२ वर्षीय छोरी सुनिता तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो । वैशाख १९ मा राती आमा शान्तिमाया ब्लोन तामाङ र उनका छोरीहरु १८ वर्षीया अनिता र सुनितासँगै सुतेका थिए । काभ्रेबाट शान्तिमायाका पति सलामले बारम्बार फोन गर्दा रिसिभ नगरेपछि उनले चिनजानका सोनाम तामाङलाई बुझ्न पठाएका थिए ।

सोनामले झ्याल बन्द गरेको अवस्थामा तिनै जना अचेत रहेको खबर गरेपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई अस्पताल लगेको थियो । अनिता तामाङले बच्चा जन्माएको हुनाले सेक्नका लागि मकलमा बालेको कोइला ननिभाई सुतेको र निसास्सिए मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।निसास्सिएर अचेत भएका शान्तिमाया र अनिताको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

मृतकको शव काठमाडौं मेडिकल कलेज दुवाकोटमा राखिएको छ । मृतकको भिसेरा र रगत परीक्षणका लागि विधिविज्ञान प्रयोशालामा नमुना पठाइएको प्रहरीले जनाएको छ ।
मिलन चोक स्थित वर्ष ६२ को कान्छा ङाखुसीको ३ तले पक्की घरको भुईतलामा डेरामा नै अचेत अवस्थामा फेला परेका हुन् । वर्ष २२ की सुनिता तामाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अचेत २ जनाको मध्यपुर अस्पतालमा उपचार भईरहेको छ। अस्पतालले जानकारी दिए अनुसार निजहरुको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको तर राम्ररी बोल्न नसक्ने अवस्थामा रहेको बताईएको छ । स्थानीयका अनुसार समयमा थाहा नपाएको भए कोठामा बस्ने सबै जनाको मृत्यु हुन सक्ने थियो । राती एघार बजै नै उनीहरु अचेत भई सकेको फेला परेको छिमेकीहरुले बताए । दिउसो पानी परेको र चिसो भएकाले मकल बालेर सानो नानीलाई सेकेर यतिकै सुतेको देखिन्छ । मृतक अनिता वैषाख १९ गते सुत्केरी भएकी थिईन् । उनको नानी भने जेम्स कुसुलेलाई पालन पोषणको लागि जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्