काभ्रेमा एकै दिन ६ संक्रमितको निधन, जिल्लामै शव व्यवस्थापनको तयारी



मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेपलाञ्चोक जिल्लामा एकै दिन उपचारका क्रममा रहेका ६ जना कोभिड संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार संक्रमितहरुको उपचारका क्रममा निधन भएको हो । मंगलबार दिउसोसम्म निधन हुनेको संख्या ६ पुगेको हो । ‘संक्रमण भएको थाहा नहुने तथा संक्रमण भए पछि धेरै समय घरमा नै बस्ने र अन्तिम अवस्था भए पति मात्रै अस्पताल आउने कारण उपचार नै शुरु नगरी संक्रमितहरुको निधन हुन थालेको छ’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले भन्नुभयो–‘संक्रमण बढ्दै जाँदा परिक्षणको दर कम हुने र उपचारका लागि आउन ढिलाई हुँदा धेरै ब्यक्तिको निधन हुन थालेको छ ।’ कोभिड १९ बाट निधन हुनेहरुको शव नेपाली सेनाको टोलीले पशुपतिमा रहेको विद्युत्तिय शवदाह गृहमा पु-याउँदै आएको छ ।

दैनिक शवहरु बढ्न थालेपछि विद्युत्तिय शवदाह गृहमा सम्भव नहुने भएकाले जिल्लामै ब्यवस्थापनको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनु भयो । मंगलबार निधन हुनेहरुमा काभ्रेको पनौती घर भएकी ८० बर्षिय महिला हुनुुहन्छ भने मण्डनदेउपुर १ बालुवापटी घर भएका ७८ बर्षिय पुरुष हुनुहुन्छ । उहाँलाई उपचारका लागि भक्तपुर हुँदै काठमाडौका विभिन्न अस्पताल पु¥याए पनि उपचार गर्न अस्पतालहरुले नमाने पछि बैशाख २० गते सोमबार साँझ बनेपाको शिर मेमोरियल अस्पताल ल्याईएको थियो ।

उपचारकै क्रममा उहाँको निधन भएको अस्पतालले जानकारी दिएको छ । उहाँ संक्रमित भई घरमै उपचारार्थ हुनुुहुन्थ्यो । त्यस्तै बनेपा घर भएका युवा ब्यवसायी अकस्मात भुईमा ढलेका कारण अस्पताल पु¥याईएको थियो । ह्दयघातका कारण निधन भएको सोचेका परिवारहरुले उहाँमा कोभिड भएको भोलिपल्ट अर्थात मंगलबार मात्रै जानकारी पाए । बनेपा १ नाला टुकुचा घर भएकी ६२ बर्षिया महिलाको पनि कोभिडकै कारण मंगलबार अस्पताल ल्याउँदा ल्याउँदै निधन भएको छ । उहाँमा पनि कोभिड केहि दिन अघि देखिएको थियो ।

भक्तपुर घर भएकी ६२ बर्षिय महिला, भक्तपुर ९ घर भएका ६७ बर्षिय पुरुषको पनि निधन भएको छ । नेपाली सेनाको कालीजंग गण धुलिखेलमा कार्यरत सह सेनानी विजयराम गिरीको कमाण्डमा शव ब्यवस्थापन गरिएको गणपति कर्णेल मिलन थापाले जानकारी दिनु भएको छ । शव ब्यवस्थापनका लागि शव बाहन तथा त्यसको निरन्तर प्रयोगका लागि संकट सिर्जना हुँदै गएको छ । त्यस्तै बैशाख २० गते काठमाडौ जडिबुटी घर भएकी ७६ बर्षिया महिला र बनेपामा सुनचाँदी पसल गरी बसेका ३७ बर्षिय भारतिय नागरिकको कोभिडकै कारण निधन भए पछि नेपाली सेनाको काली जंग गणमा कार्यरत सह सेनानी प्रविन थापाको कमाण्डमा शव ब्यवस्थापन गरिएको छ ।

सेनाको टोलीले बैशाख १६ गते तीनवटा शव राजधानी पु-याएको थियो । कर्णेल गणपति मिलन थापाका अनुसार बैशाख १६ गते धुलिखेलका ८२ बर्षिय जेष्ठ नागरिक, सिन्धुपाल्चोकका ३७ बर्षिय युवा र काभ्रेकै चौरी देउराली गाउँपालिकाका ७० बर्षिय जेष्ठ नागरिकको शव सेनानी राजेश कार्कीको कमाण्डमा ब्यवस्थापन गरिएको छ । त्यस्तै बैशाख १९ गते ललितपुर धापाखेलका ६१ बर्षिय पुरुष, महोत्तरी जिल्ला जलेश्वर नगरपालिकाकी ५० बर्षिय महिला र ललितपुरकै इमाडोलका ५० बर्षिय पुरुषको शव कालीजंग गण धुलिखेलका सह सेनानी ढलक मुक्तानको कमाण्डमा ब्यवस्थापन गरिएको कर्णेल मिलन थापाले जानकारी दिनु भयो । बनेपामै रहेको आगन्तुक होटलका संचालक हरि नेपालको उपचारको क्रममा काठमाडौको मेडिसिटी अस्पतालमा निधन भएको छ ।

तस्विरः नेपाली सेनाको कालीजंग गण धुलिखेलको टोली शव ब्यवस्थापन गर्दै ।

प्रतिक्रिया दिनुहोस्