जिल्ला प्रशासन कार्यालय रसुवाका अत्यावश्यक बाहेकका सबै सेवा बन्द



न्युज अफ नेपाल, रसुवा ।

कोरोना संक्रमण बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले अत्यावश्यक बाहेकका सेवा मंगलबारबाट बन्द गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवम् सुचना अधिकारी दुर्गा थापाका अनुसार कार्यालयले आजदेखि नयाँ नागरिकताको प्रतिलिपि वितरण,नाबालक परिचय पत्र वितरण,संघसंस्था दर्ता,पत्रपत्रिका दर्ता तथा नवीकरण,राहदानी वितरणका साथै अन्य अत्यावश्यक वाहेकका सेवाहरू स्थगित भएको बताउनुभयो ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढेको र कर्मचारीहरूमा समेत संक्रमण देखिएपछि स्वास्थ्य सुरक्षालाई ध्यान दिई सेवा स्थगित गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्