रुन्छ नि मन सार्वजनिक



निर्माता निर्देशक तथा अभिनेता शोभित बस्नेतको निर्देशन रहेको फिल्मडाँडाको वरपीपलको पहिलो गीत रुन्छ नि मेरो मन हालै सार्वजनिक भएको छ।

राजेश पायल राई र सत्यकला राईको स्वर रहेको गीतमा शिव मुखियाको संगीत तथा नवराज गिरीको शब्द रहेको छ भने गीतमा अभिनेताद्वय शिव श्रेष्ठ, सलोन बस्नेत र अभिनेत्री गौरी मल्ललाई फिचर्ड गरीएको छ। बुढासुब्बा ओरिजिनलको ब्यानरमा नवराज गिरीले निर्माण गरेका उक्त फिल्मका अन्य कलाकारमा रुविना थापा, राजीवजंग बस्नेत लगायतको अभिनय रहेको छ ।

रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा शिव मुखिया र अर्जुन पोखरेलको संगीत तथा सुशान्त प्रजापतिको छायांकन रहेको छ। फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, मित्र डी गुरुङको सम्पादन रहेको छ । फिल्म पारिवारिक कथामा रहेको निर्देशक बस्नेतले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्