सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री



काठमाडौं, (नेस) ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य रेणुका श्रेष्ठ र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले सुरक्षाकर्मीलाई सोमबार स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । दुवैले व्यक्तिगत रूपमा सहयोग गरेका हुन् ।

महानगरीय प्रहरी प्रभाग, थली र महानगरीय प्रहरी बिट, मूलपानीका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो । थलीको प्रभागलाई १८ थान सेनिटाइजर, सर्जिकल मास्क ३ सय थान र ह्यान्ड सोप १ थान प्रदान गरियो । त्यत्तिनै सामग्री मूलपानीको बिटलाई पनि दिइएको थियो ।

सर्जिकल मास्क सदस्य रेणुकाले सहयोग गरेकी हुन् भने बाँकी खड्काले उपलब्ध गराएका हुन् । खड्कासहित राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालका स्वकीय सचिव मनोज खड्गी र समाजसेवी अमरचन्द्र बोहराले सम्बन्धित स्थानमै गएर सामग्री हस्तान्तरण गरे । प्रभागका प्रहरी सहायक निरीक्षक जयबहादुर बस्नेत र बिटका प्रहरी सहायक निरीक्षक प्रेमकुमार लिम्बूलाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो ।

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका खड्काले यसअघि कोरोना भाइरस (कोभिड– १९) को संक्रमण नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउन र निशेधाज्ञाका बेलापनि ४ सय २० दुःखी परिवारलाई खाद्य सामग्री राहत स्वरूप वितरण गरेका थिए । साथै सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री पनि उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्