कोरोना महामारीमा एनएसएल जारी



हेटौंडा, (नेस) ।

कोरोना महामारीका कारण भएको निषेधाज्ञाका बाबजुद नेपालमा पहिलोपटक भएको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ (एनएसएल) जारी रहेको छ ।

काठमाडौंको दशरथ रंगशालामा बिना दर्शक प्रवेश लिग जारी नै रहेको हो । खेलले प्रत्यक्ष रूपमा दर्शक गुमाएको छ । फुटबल जस्तो खेलमा सकेसम्म दर्शक हुनु राम्रो हो,’ एन्फा वा गमती प्रदेश अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । ‘फुटबलमा दर्शक बिना मज्जाआउँदैन ,’हाम्रो जस्तो देशमा फुटबलमा दर्शक हुनु राम्रो मानिन्छ ।

उनले हालको समयमा प्रदेशका कतिपय जिल्लामा आफूले लिग रोकेको बताए । सरकारले बिहेमा १५ जनाभन्दा बढी जान नपाइने निर्देशन दिएको स्मरण गर्दै उनले फुटबलमा त्यो भन्दा धेरै संख्यामा खेलाडी मैदानमा भिड्नुपर्ने भएकाले कोरोना संक्रमणको जोखिम रहने उल्लेख गरे । ‘तर, आयोजकको यो बाध्यात्मक अवस्था हुनसक्छ । एग्रिमेन्ट भइसकेको अवस्था होला ।,’ उनले भने । प्रतियोगितामा सात टिममध्ये ४ टिममा मकवानपुरका ६ खेलाडीले यस्तो जोखिमपूर्ण समयमा खेल प्रदर्शन गरिरहेका छन् ।

प्रतियोगिताको लागि अक्सनबाट तथामार्की खेलाडीका रूपमा २० हजार रुपियाँदेखि ५ लाख ५० हजार रुपियाँको पारिश्रमिकमा खेलाडी खरिद गरिएका छन् । प्रतियोगिताका लागि ललितपुर सिटी फुटबल क्लबले मार्की खेलाडीका रूपमा अञ्जन विष्टसहित अक्सनबाट रञ्जन विष्ट र रोहित कार्कीलाई खरिद गरेको थियो भने विराटनगर सिटी फुटबल क्लबले सुनिल बललाई अक्सनमार्फत खरिद गरेको थियो ।

अक्सनमा ५ क्लबले सर्वाधिक बोली लगाएर गोला प्रथाबाट बुटवल लुम्बिनी फुटबल क्लबले आफ्नो टिममा पार्न सफल भएका खेलाडी अमीर श्रेष्ठ जारी लिगमा चर्चित खेलाडी बनेका छन् । मकवानपुरे खेलाडी आवद्ध क्लबहरूको खेल प्रतिस्पर्धात्मक तथा उत्तिकै उत्कृष्ट छ ।

अमीर सम्मिलित बुटवल लुम्बिनी ३ खेलमा १ जित र १ खेल बराबरी खेल्दै ५ अंक साथ अंक तालिकाको दोस्रो स्थानमा छ । सुनिल बल सम्मिलित विराटनगर १ जित, १ बराबरी र १ हारबाट ४ अंकसहित चौथो तथा काठमाडौं समान ४ अंक भएपनि गोल अन्तरका आधारमा पाँचौं र ललितपुर ४ खेल खेल्दै ३ खेलमा बराबरी र १ खेलमा हार व्यहोर्दै ३ अंकका साथ समूहको छैठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्