सुधारतर्फ लम्कँदै नेपाल एयरलाइन्स



भूपराज बस्याल,काठमाडौ । 

गत जनवरी ८ मा दोहाबाट काठमाडौ आएको नेपाल एयरलाइन्सको नाइन एन ए एल जेड नम्बरको वाइड बडी जहाज हेभी ल्यान्ड भएको थियो । यसरी हेभी ल्यान्ड हुँदा जहाजमा आएको खराबी बनाउन लाग्ने खर्च इतिहासमै पहिलोपटक फ्रि अफ कस्टमा बन्ने भएको छ ।
अर्बौं घाटामा चलिरहेको नेपाल वायुसेवा निगमको घाटा कम गर्न र गुणस्तरीय सेवा वृद्धिको लागि सरकारले गत असोजमा निगमको महाप्रबन्धकमा डिमप्रसाद पौडेल (प्रकाश) लाई ४ वर्षका लागि नियुक्ति गरेको थियो ।

पौडेलको नियुक्तिसँगै निगमले नयाँ उचाइ लिनसक्ने केही सङ्केतहरू देखा परेका छन् । नेपाल एयरलाइन्सको इतिहासमै हुन नसकेका केही कामले नेपाल एयरलाइन्स सुधारको बाटो तिर जाँदैछ भन्ने केही सकारात्मक उदाहरण दिएका छन् ।

नेपाल वायुसेवा निगमको सुधारका थुप्रै कामसँगै जहाज बनाउँदा लाग्ने डेढ अर्ब खर्च फ्रि अफ कस्टमा बनाउन सफल भएको पछिल्लो उदाहरण हो । साच्चिकै सही ढंगले काम गर्न सके यो ४ वर्षमा नेपाल वायुसेवा निगमको नयाँ उचाइ कायम गर्ने महाप्रबन्धक पौडेलले नेपाल समाचारपत्रलाई बताउनुभयो । पछिल्लो उदाहरण दिँदै पौडेलले भन्नुभयो – ‘हामीले काम गर्ने केही तरिका परिवर्तन गरेका छौं त्यसै अनुरूप जहाज बनाउँदा लाग्ने खर्चलाई फ्रि अफ कस्टमा बनाउन सफल भयौं ।’

नेपाल वायुसेवा निगमका जहाजको अवस्था बुझ्न जहाजको डाटा विदेश पठाउने गरिन्थ्यो । जनवरी ८ मा दोहाबाट काठमाडौ ल्यान्ड गरेको जहाज ल्यान्ड गर्ने क्रममा खराबी भएको विदेशमा डाटा चेक गर्न क्रममा २४ फ्रेबुअरीमा पत्ता लागेको थियो ।

सबै चेकिङ गर्दा कुनै समस्या देखा नपरेपछि त्यसबेलासम्म भने जहाज निरन्तर उडिरहेको थियो । तर, विदेशमा डाटा चेक गर्दा यस्तो समस्या देखापछि पाइलटसमेत झल्याँस्स भएका थिए । जहाज अझै केही समय उडान गर्न सकिने डाटा चेकिङ गर्ने कम्पनीले जानकारी दिए पनि २४ फ्रेबुअरीबाट जहाज ग्राउन्डेड गरेर बनाउने प्रक्रिया थालिएको पौडेलले नेपाल समाचारपत्रसँगको कुराकानीमा बताउनुभयो ।

जहाज ग्राउन्डेड हुँदा बिना टेन्डर काम गर्न सक्ने अधिकार भएपनि पौडेलले जहाज बनाउन विदेशी कम्पनीहरूलाई प्रतिस्पर्धा गराउन थाल्नुभयो । एउटा मात्रै कम्पनीबाट डेढ अर्बको कोटेसन आए पनि विदेशी कम्पनीहरूसँगको प्रतिस्पर्धामा एक अर्बमा जहाज बनाउन विदेशी कम्पनी सहमत भएका थिए ।

त्यहीँ डेढ अर्ब पनि इन्स्योरेन्स कम्पनीलाई तिराउने गरी सहमति गरेपछि पौडेलको नेतृत्वमा निगमले छुट्टै उचाइ लिनसक्ने अनुमान गरिएको छ । हेभी ल्यान्ड गर्दा जहाजको ल्यान्ड ग्यार अथवा टायरमा असर पर्ने हुन्छ उक्त टायरमा देखा पर्ने समस्या समाधानका लागि इन्स्योरेन्स कम्पनीले विगतका दिनमा जिम्मेवारी लिएको देखिँदैन ।

त्यतिमात्र होइन उक्त टायर इमर्जेन्सीमा भाडामा लिँदा लाग्ने खर्चसमेत कटौती गरेर निगम सुधारको बाटोमा अगाडि बढेको देखिन्छ । कोभिडको कारण जहाजले पूरा मात्रामा उडान भर्न पाएका छैनन् तर उडान भर्न नपाए पनि जहाजलाई स्ट्यान्डबाई राख्न पर्ने भन्दै बनाउने अवधिभर इमर्जेन्सी भाडा मात्रै चालीस करोडमा उक्त टायर लिएर राख्न सकिन्थ्यो ।

त्यसो, त उडान भर्न नपाए पनि भाडामा लिएर राखिने चालिस करोडसमेत नेपाल वायुसेवा निगमको बचत भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्