अमेरिकी विदेशमन्त्रीद्वारा चीनको आलोचना



वासिङ्टन डीसी, (एजेन्सी)।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनलाई मुुलकबाहिर आक्रामक र भित्र दमनकारी गतिविधि बढाइरहेको आरोप लगाएका छन् ।

उनले सीबीएस न्युजलाई अन्तर्वार्ता दिने क्रममा भनेका छन्– ‘अमेरिकाले चीनलाई होच्याउन चाहेको होइन । तर, अमेरिकाले चीनलाई अन्तर्राष्ट्रिय सहमतिमा बनेका नीति नियमहरूलाई बेवास्ता गर्ने अनुमति पनि दिँदैन । साथै, सैनिक असहमति वा द्वन्द्व दुवै देशको हितका लागि निकै प्रतिकुल हुनेछ ।’

पछिल्ला समयमा व्यापार व्यवसाय, जासुसी कार्य र कोरोना भाइरस महामारी जस्ता विषयहरूलाई लिएर संयुक्त राज्य अमेरिका र चीनबीच तनाव चर्किरहेको छ । दुवै मुलुक र अन्तर्राष्ट्रिय जगतकै लागि पनि चीन र अमेरिकाबीचको सम्बन्ध निकै महत्वपूर्ण हुने गरेको छ । त्यसले पनि चीनले वासिङ्टनस्थित नयाँ अमेरिकी सरकारलाई राष्ट्रपति जोय बाइडेन अघिको डोनाल्ड ट्रम्पको पालामा बिग्रेको सम्बन्ध सुधार्नका लागि बारम्बार अनुरोध गर्दै आएको छ ।

सीबीएसलाई दिइएको ६० मिनेट लामो अन्तर्वार्तामा बिलन्केनले गत फेबु्रुअरीमा बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच पहिलोपटक भएको दुई घन्टा लामो टेलिफोन वार्तामा विविध विषयमा छलफल भएको जानकारी पनि दिएका छन् ।c

प्रतिक्रिया दिनुहोस्