ब्रिकेट उत्पादन गर्ने कारखानामा आगलागी



न्युज अफ नेपाल ,काठमाडौं ।

झापाको मेचीनगर नगरपालिका १५ नीलकोठीमा  ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आगलागी भएको छ । आगो बिहानै ३ बजेदेखि लागेको हो । आगलागी कसरी भयो भन्ने जानकारी आउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अहिले आगो नियन्त्रणमा लिनको लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले प्रयास गरिरहेको भएपनि नियन्त्रणमा आउन सकेको छैन । भद्रपुर, मेचीनगर, बिर्तामोड, दमक, पथरी र उर्लाबारीबाट आगो निभाउन दमकल आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्