मारुती सिमेन्टले पायो नयाँ सफलता



काठमाडौ नेस ।

मारुती सिमेन्टले अहिले आफ्नो यात्रालाई तीव्र बनाएको छ । १५ बर्ष अघि स्थापना भएको यस उद्योग अहिले नेपालकै सबै भन्दा ठुलो उद्योगको रुपमा आफुलाई चिनाउन सफल भएको छ । १५ बर्ष अघि पूर्वको उदयपुरमा आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक जर्मन टेक्नोलोजीद्वारा अन्तर्राष्ट्रिय स्तरको सर्वोत्कृष्ट ओ‍ ‍पि सी  सिमेन्ट ९मारुती सिमेन्टको उत्पादन गरिरहेको छ ।

सरकारले हालै सिमेन्टको ग्रेड उल्लेख गर्न मिल्ने घोषणा गरेपछि नेपाल गुणस्तर तथा नापतौल बिभागबाट सम्पूर्ण मापदण्ड पुरा गरी ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी भएको छ ।यस अघि नै ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गरी रहेको कम्पनीले ५३ र ४३ ग्रेडको गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने पहिलो कम्पनी बनेको छ ।नेपालकै सर्वाधिक विश्वसनीय ब्राण्डको रुपमा मारुती सिमेन्ट स्थापितभएको छ ।

प्रतिक्रिया दिनुहोस्