युनाइटेड इन्स्योरेन्सको सिइयोमा उपसना



काठमाडौ (नेस) ।

युनाइटेड इन्स्योरेन्स कम्पनीको सिइयोमा उपसना पौडेल नियुक्त हुनु भएको छ । इन्स्योरेन्स कम्पनीमा पहिलो पटक महिला सिइयोमा नियुक्त हुनु भएको हो ।

सो कम्पनीको संचालक समितिको बैठकले पौडेललाई सिइयोमा नियुक्त गर्ने निर्णय गरेको थियो । उहाँको कार्यकाल ४ बर्षको हुने भएको छ । ३४ वर्षीया पौडेलको बीमा क्षेत्रमा एक दशकको अनुभव रहेको छ । उहाँले भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस)बाट उहांले एमबीए गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्