अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेनालाई सेप्टम्बर ११ भित्र फिर्ता लाने



Ukrainian Mi-8 helicopter performs evacuation training for a pilot rescue during an air force exercises on Starokostyantyniv military airbase on October 12, 2018. – The large-scale air force exercises with the United States and other NATO countries “Clear Sky 2018”, which will run until October 19, are being held in western Ukraine. Some 700 troops are taking part, half of them from NATO member countries including the United States, Britain, the Netherlands, Poland and Romania. US aircraft including F-15C Eagle fighter planes, Boeing KC-135 air refueling tanker, C-130J Super Hercules military transport planes and drones will train with about 30 Ukrainian aircraft. (Photo by Genya SAVILOV / AFP)

सिङ्टन । अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना बाँकी सैनिक फिर्ता लान औपचारिक रुपमा प्रक्रिया अघि बढाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मुलुकको सबैभन्दा लामो युद्ध ‘सदाका लागि अन्त्य’ गर्ने भन्दै आउँदो सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानबाट सबै सैनिक फिर्ता लैजाने घोषणा गरिसक्नुभएको छ । यद्यपि यसका लागि अफगानिस्तानको विद्रोही र सत्ताधारी नेताहरूसँग छलफलहरू जारी रहेको बताउँदै आइएको छ ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँग गरेको सम्झौता अनुसार अमेरिकी सैनिक फिर्ता लाने मिति मे १ लाई तोकिएको भएपनि बाइडेन प्रशासनले सो समयसीमा कार्यान्वयका हिसाबले उपयुक्त नभएको भन्दै सेप्टेम्बर ११ लाई सारेको हो ।

सन् २००१ को सेप्टेम्बर ११ मा तीन हजार मानिसको ज्यान जाने गरि अमेरिकी ट्वीन टावरमा भएको आतंकवादी आक्रमणपछि अमेरिकी सेना अफगानिस्तानमा गएको थियो । उक्त आक्रमणको २० औँ वर्ष पूरा हुँदा आफ्नो सेनालाई पूर्णतया फर्काउने अमेरिकी निर्णयलाई संयोगका रूपमा हेरिएको छ ।

सेप्टेम्बर ११ को सो आक्रमणपछि अमेरिकी सैनिकले अफगानिस्तानमा तालिबान विरुद्ध आक्रमण सुरु गरेको थियो । आतंकवादी आक्रमणका लागि जिम्मेवार अल कायदाका नेता ओसामा विन लादेनलाई संरक्षण दिएको तालिबानविरुद्ध अमेरिकाले थालेको सो युद्ध हालसम्म जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्