सोलेमा व्यवस्थित रेम्बो ट्राउट माछापालन शुरू



सरस्वती न्यौपाने रसुवा

जिल्लाको गोसाइकुन्ड गाउँपालिका ६ सोलेमा ३८ वर्षको अनुभवसहित रेम्बो ट्राउट माछापालन व्यवसाय शुरू भएको छ ।
गत चैत २३ गतेबाट हिमालयन रेम्बो ट्राउट प्रर्दशन प्राइभेट लिमिटेड दर्ता गरेर छोराहरूको सहयोगमा आफ्नो जागिरे जीवनको अवकाशपछि खाली समयमा आफ्नो ३८ वर्षे अनुभवलाई निरन्तरता दिई हरिप्रसाद रिमालसँग वरिष्ठ प्राविधिक अघिकृत शन्तकुमार श्रेष्ठले देश विदेशसम्म व्यवसाय बढाउन लागेको बताउनुभयो ।

छोराहरू अ‍ोमराज र अङ्गी श्रेष्ठको नाममा फर्म दर्ता गरी व्यवसाय गर्न लाग्नुभएका उहाँको लामो अनुभव कृषि कार्यालयमा २ वर्ष मत्स्य अनुसन्धान केन्द्र त्रिशूली, मत्स्य अनुसन्धान महाशाखा गोदावरी, काली गण्डकी मत्स्य ह्याचरी, कृषि केन्द्र क्यानडा, मत्स्य अनुसन्धान केन्द्र धुन्चेमा रहेर ३८ वर्ष बिताउनुभएका उहाँ २०७६ असोज २८ गते जागिरे जीवनबाट अवकास पाएपछि गुणस्तरीय माछा पालन गर्न लाग्नुभएको हो ।

१५ वटा पोखरीमा सानो तथा ठुलो माछा सातसय ५६ वटा ६० लाखमा किनेर चार लाख भुरा उत्पादन गर्ने लक्ष्यसहित खाने माछा चार टन हुँदै १० टन उत्पादन गर्ने लक्ष्य उहाँको रहेको छ । जमेको पानीभन्दा पनि बगिरहेको भिरालो जमिनमा २० डिग्रीभन्दा कम तापक्रममा भुरा उत्पादन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्