औलो रोग कस्तो हो र रोकथाम कसरी गर्ने ?



औलो अर्थात् मलेरिया लामखुट्टेको टोकाइका कारण लाग्ने रोग हो । मानिस तथा अन्य केही जनावरलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्छ । लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश ग¥यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन शुरु हुन्छ । प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरिआईले साधारणतया मन्द खालको औलोको संक्रमण गराउँछन् । त्यस्तै, अर्को प्रजाति प्लाज्मोडियम नोलेसीले मानिसमा रोगको संक्रमण विरलै गराउने गरेको पाइन्छ ।

औलोको पहिचान गर्न रगतको नमुनालाई सूक्ष्मदर्शक यन्त्रले हेर्ने वा एन्टिजेनमा आधारित परीक्षण गर्ने गरिन्छ । प्लाज्मोडियम फाल्सिफारम जातको औलोले मानिसको मस्तिष्कमा समेत आक्रमण गर्न सक्ने हुनाले मानिसको ज्यान छिटो लिने गर्दछ । एनोफिलिज जातको पोथी लामखुट्टेले स्वस्थ मानिसमा टोक्दा मलेरियाका परजीवीहरु सर्ने गर्दछन् । मानिसको शरीरमा प्रवेश गरेपछि कलेजो र राता रक्तकोषहरुमा विकास भई हुर्किएका परजीवीहरु रगतको माध्यमबाट शरीरभरि फैलिएर विभिन्न किसिममा लक्षणहरु देखा पर्दछन् ।
बेलामा नै सही निदान र उपचार नभएमा छोटो समयमै ज्यान लिन सक्ने रोग हो । औलो रोगका परजीवी भएको लामखुट्टेले टोेकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षण देखा पर्छन् । निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका भित्री अंगहरु फियो, कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृतिअनुसार विभिन्न लक्षण देखिने हुन्छ । यो रोगले गम्भीर रूप लिएमा मानिसको मृत्युसमेत हुने सम्भावना हुन्छ । नेपाली कामको सिलसिलामा विभिन्न ठाउँ जाने गर्छन् । विशेष गरी औलोको जोखिम बढी भएको भारतबाट काम गरेर फर्किनेहरुले औलो लिएर आउने गर्छन् ।

सामान्यतया औलो रोगका परजीवी भएको लामखुट्टेको टोकाइ भएको १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षणहरु देखा पर्दछन् । निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका भित्री अंगहरु फियो, कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृतिअनुसार विभिन्न लक्षण तथा समस्याहरु देखिने गर्दछन् । शंकास्पद बिरामी तथा लक्षण मिल्दाजुल्दा बिरामीहरुको रक्त नमुना संकलन गरी रक्तपरीक्षणबाट मात्र मलेरिया भएको पत्ता लगाउन सकिन्छ ।
औलो रोगको उपचारको लागि नेपालमा विभिन्न थरीका औषधिहरु नेपाल सरकारको तर्फबाट निःशुल्करुपमा विभिन्न स्वास्थ्य संस्थाहरुमा उपलब्ध छन् । परजीवीको प्रकारअनुसार रोगको उपचार पनि छुट्टाछुट्टै हुने गर्दछ । स्वास्थ्यकर्मीको सल्लाहबमोजिम पूर्णरुपमा औषधि सेवन गर्न पर्ने हुन्छ । खास गरेर औलोको उच्च जोखिममा रहेका केही जिल्ला छन् । ती जिल्लामा औलो नियन्त्रणका लागि चेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । ज्वरो आएका बिरामीलाई रगत जाँच गर्ने र मलेरियाको संक्रमण देखा परे तत्काल उपचार गर्ने गरिएको छ ।

औषधि निस्प्रभावी बन्दै जानु औलो रोग नियन्त्रणमा समस्याको विषय हो । यद्यपि, कुन औषधिले काम गर्छ, कुनले गर्दैन भनेर नेपालमा बेलाबेला औषधिमाथि अनुसन्धान भइरहेको छ । विशेषज्ञहरुको अनुसन्धानका आधारमा औषधिका रेजिमहरु परिवर्तन भएका छन्, जसले गर्दा अहिले त्यस्तो समस्या खासै देखिएको भने छैन । लामखुट्टेको टोकाइको माध्यमबाट मात्र सर्न सक्ने यो रोगबाट बच्नको लागि सामान्यरुपमा लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्य रोकथाम हो । त्यसको लागि लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नु नै सबैभन्दा उत्तम उपाय हो ।पानी जम्ने स्थानहरू कम गर्ने, बासस्थान नष्ट गर्ने, लामखुट्टेको लार्भा नाश गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, राति सुत्दा सधैँ झुल प्रयोग गर्नुपर्दछ । शरीरका खुला अंगहरूमा लामखुट्टेबाट बच्न सकिने मलम लगाउने, उपयोगी स्प्रे, लिक्विड, म्याट आदि पनि प्रयोग गर्न सकिन्छ । जोखिमयुक्त ठाउँहरुको भ्रमणमा जानुअगाडि रोकथामका उपाय तथा औषधिहरु प्रयोग गर्ने गरेमा औलो रोग हुनबाट जोगिन सकिन्छ । घर–घर, समुदायहरुमा जनचेतना फैलाउनु, औलोरोगका लक्षणहरु र बच्ने उपायहरुको बारेमा चेतना फैलाउने, शंकास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने तथा बिरामीहरुले तुरुन्त उपचार गर्ने आदि गरेमा औलो रोगबाट बच्न तथा अरुलाई बचाउन सकिन्छ ।

समुदायस्तरमा जनचेतना फैलाउन तथा समुदायस्तरमा नै रोकथामका उपायहरु अपनाउन मद्दत गर्ने गर्नुपर्छ । यस्ता खालका दिवसहरुले पनि निकै ठूलो भूमिका निर्वाह गरेका हुन्छन् । तसर्थ हामी सबैले जानेका र बुझेका कुराहरु एक–आपसमा साटसाट गरेर नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले औलो रोग नियन्त्रण गरी देश तथा संसारलाई औलोरोग मुक्त बनाउन लागेको अभियानमा हाम्रो तर्फबाट पनि सक्दो सहयोग गर्नुपर्ने देखिन्छ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हो भन्ने कुरा मनन गर्नुपर्छ । औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्नुपर्ने हुन्छ । लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने तथा घरवरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।घर–घर तथा समुदायमा औलोसम्बन्धी जनचेतना फैलाउने, औलोको लक्षणबारे जानकारी दिने र शंकास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने गरेमा बच्न तथा अरुलाई बचाउन सकिन्छ । राति सुत्दा सधैँ झुल प्रयोग गर्नु औलोबाट बच्ने प्रमुख उपाय हो । शरीरका खुला अंगमा लामखुट्टेबाट बच्न सकिने मलम प्रयोग गर्न सकिन्छ । स्प्रे, लिक्वड, म्याट जस्ता लामखुट्टे भगाउने औषधि पनि प्रयोग गर्न सकिन्छ । जोखिमयुक्त ठाउँहरुको भ्रमणमा जानुअघि रोकथामका उपाय तथा औषधिहरु प्रयोग गर्ने गरेमा औलो रोग हुनबाट जोगिन सकिन्छ ।

जलवायु परिवर्तन तथा तापक्रम बढ्दै गएको हुँदा हिमाली क्षेत्रमा समेत लामखुट्टेहरु देखिन थालेका छन् । यसले गर्दा ती क्षेत्रमा पनि औलो जोखिमको सम्भावना छ । तापक्रमकै वृद्धिका कारण तराईका लामखुट्टे विभिन्न माध्यमबाट हिमाली क्षेत्रमा समेत जान थाले र त्यहाँ फोहोर, खाल्डाखुल्डीमा लामखुट्टेको वृद्धि हुन थालेको पाइन्छ । यसमा सरकारको ध्याना आकृष्ट हुनु जरुरी छ ।
– भूपेन्द्र अछामी, कैलाली ।

प्रतिक्रिया दिनुहोस्