पूर्वी नवलपरासीमा ‘तपाईको माक्स खै ?’ कार्यक्रम



न्युज अफ नेपाल, नवलपरासी  ।

पूर्वी नवलपरासीमा जनपद र ट्राफिक प्रहरीले शुक्रबार कावासोतीमा तपाईको माक्स खै ? कार्यक्रम संचालन गरेकाछन् ।

स्थानीय यातायात ब्यवसायी संंघको सहयोग र जिल्ला प्रहरी तथा जिल्ला ट्राफिक प्रहरीको संंयोजनमा माक्स खै ? कार्यक्रम गरिएको हो ।
जिप्रका नवलपरासीका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बिना माक्स सडकमा निस्केका स्थानीय एक युवालाई पहिलो माक्स वितरण गरेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रममा माक्स वितरणका साथसाथै राजमार्गमा संचालित बस, ट्रक, कार, जिप र अटोका चालक तथा यात्रुलाई माक्सको नियमित र समुचित प्रयोगमा जोड दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्