भर्चुअल कलमा नितम्बमा खोप दिँदै



वासिङ्टन, (एजेन्सी)

अमेरिकाको फ्लोरिडा निवासी एकजना नर्सले अदालतको भर्चुृअल सुनवाइ भइरहेका बेला गल्तीवश आफूले एकजना बिरामीको नितम्बमा इन्जेक्सन दिइरहेको दृश्य प्रत्यक्ष प्रसारण गर्न पुगेकी छन् । मायामी हेराल्डका पत्रकार डेभिड ओभाल्लेले बुधबार राति ‘जुम कोर्ट’ को यस अनौठो दृश्यको स्क्रिन सट टिव्टरमा राखेपछि भाइरल हुन पुगेको थियो । ओभाल्लेले अप्रत्यासित संख्यामा ट्टिर प्रयोगकर्ताले यो हेरेको बताएका छन् ।

मायामी–ड्याडेको राज्य अदालतका प्रवक्ताले यसरी लाइभ इन्जेक्सन दिने नर्स निरुका आगुएरो भएको र उनीविरुद्ध चोरीको मुद्दा चलाइँदै गरेको जानकारी फोक्स न्युजलाई दिएका छन् । प्रवक्ताले मुद्दाको सुनुवाइका लागि न्यायाधीशको प्रतीक्षा हुँदै गरेको अवस्थामा उनी आफैंले पनि चाल नपाउने गरी उनले एकजना पुरुषको नितम्बमा इन्जेक्स दिँदै गरेको दृश्य जुममा प्रसारित हुन पुगेको बताएका छन् ।अचानक सो दृश्य देखेर जुम कोर्ट कलमा रहेका सबै व्यक्ति आश्चर्यचकित भएका थिए । अदालतका प्रवक्ताले आगुएरोको मुद्दाबारे विस्तृत विवरण बताएको छैन ।

प्रतिक्रिया दिनुहोस्