वैरागीको पल पलमा



गीतकार केशव बैरागी माइलोको शब्द रचनामा पलपलमा बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।

गीतको म्युजिक भिडियो द मानस क्रियसनमार्फत सार्वजनिक गरिएको हो। गीतमा गायक विकाश लिम्बू र गायिका ममता गुरुङको स्वर रहेको छ। संगीत विकास चौधरीले भनेका छन्। आकर्षक रूपमा तयार पारिएको म्युजिक भिडियोमा प्रेम ररोमान्सलाई निकै कलात्मक रूपमा प्रस्तुत गरिएको छ। म्युजिक भिडियो इलामको रमणीय स्थानमा छायांकन गरिएको छ।

विक्रम डिसीको छायांकन, वीरबहादुर थारूको सम्पादन, ज्ञानु सुब्बाको कोरियोग्राफी रहेको म्युजिक भिडियो उषाम लाहा ‘सिम्रन’ को निर्देशनमा तयार भएको छ। म्युजिक भिडियोमा आवृत्ति कोइरोला र रेमन कटुवालले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्