सांसद् शाही प्रकरण : जनमोर्चाद्वारा छानबिन समिति गठन



न्युज अफ नेपाल, काठमाडौँ ।

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद् खिमविक्रम शाही बिरामी प्रकरणबारे छानबिन गर्न महासचिव मनोज भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

शाही बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमा मतदान गर्नु पूर्वनै एकाएक गायब भएका थिए । त्यस लगत्तै जनमोर्चाले आफ्ना सांसद हराएको भन्दै मतदान स्थगित गर्न माग गरेको थियो । सांसद शाही हराएसँगै खैलाबैला मच्चिएको केही समयमा उनी अस्पतालमा भर्ना भएको जानकारी बाहिर आएको थियो ।

सोही प्रकरणमा छानबिन गर्न जनमोर्चाले समिति गठन गरेको छ । त्यस्तै, छानबिनपछि समितिले दिने प्रतिवेदनका आधारमा सांसद् शाहीमाथि कारबाही हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्