ट्युमरको शल्यक्रियाका लागि डा.भट्टराई अस्पताल भर्ना



न्युज अफ नेपाल, काठमाडौं ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रियाका लागि आज अस्पताल भर्ना हुँदै छन् ।

वीर अस्पतालमा डाक्टर सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया हुन लागेको हो । शुक्रबार शल्यक्रिया हुने भए पनि उनी आजै वीर अस्पताल भर्ना हुन लागेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्