अम्बिकाको सपनामा किरण, उषा र अस्मिताको रोमान्स



गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीत सपना म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।

गीतगीतकार अम्बिका गुरुङको शब्दमा गीत तयार भएको हो।दर्जनौं लोक प्रियगीतमा आफ्नो  भावनात्मक शब्द भरेर गीत संगीत क्षेत्रमा स्थापितनाम बन्न पुगेकी गीतकार अम्बिका गुरुङले एकपछिअर्को गीतको म्युजिक भिडियो सार्वजनिक गरिरहेकी छिन्। संगीतकार शंकर थापा स्माइलको संगीत रहेको गीतको म्युजिक भिडियो बुद्ध थापाले छायांकन गरेका छन् भने शान थापाले निर्देशन गरेका छन्।

त्यसैगरी,राजीव समारको कोरियोग्राफी रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। म्युजिक भिडियोमा मोडल किरण भुजेल, उषाउप्रेती र अस्मिता श्रेष्ठलाई फिचर्ड गरिएको छ।

प्रतिक्रिया दिनुहोस्