नेप्सेमा झण्डै सय अंकको छलाङ



काठमाडौं, नेस

लगातार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक मंगलबार भने झण्डै सय अंकको छलाङ मारेको छ । यस दिन नेप्से ९२ दशमलव ४६ अंकले बढेर २५९९ दशमलव शून्य ७ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १४ दशमलव ४८ अंकले वृद्धि भई ४६७ दशमलव २८ बिन्दुमा पुगेको छ ।

कल २१६ कम्पनीको एक करोड दुई लाख दुई हजार कित्ता शेयर ५ अर्ब १० करोड ९० लाख ९६ हजार रुपियाँमा किनबेच भएको छ । यस दिन माथिल्लो तामाकोशी र विशाल बजार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । माथिल्लो तामाकोशी १० प्रतिशत र विशाल बजार कम्पनीको ९ दशमलव ९९ प्रतिशतले वृद्धि भयो ।त्यस्तै यस दिन १३ वटै समूहको परिसूचक बढेका छन् । जसमध्ये जीवन बीमा समूह ५५८ दशमलव ६३, निर्जीवन बीमा उपसमूह ५४३ दशमलव २७ अङ्कले वृद्धि भएको नेप्सेले जनाएको छ । कारोबारका आधारमा माथिल्लो तामाकोशी, नेपाल पूर्वाधार बैंक, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाको शेयर किनबेच उच्चभयो ।

यस दिन तामाकोशी र विशाल बजार कम्पनीका लगानीकर्ता बाहेक महिला लघुवित्त, युनाइटेड इन्स्योरेन्स, समिट लघुवित्तका लगानीकर्ताले पनि उच्च कमाएका छन् । तर, समग्र परिसूचक उच्च अंकले बढ्दा आईसीएफसी फाइनान्सको ऋणपत्र, ग्लोबल आइएमई बैंकको ऋणपत्रलगायतका ऋणपत्रका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्