गण्डकीका ३ सांसदलाई कोरोना , मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्न पाउने



न्युज अफ नेपाल , पोखरा ।

गण्डकी प्रदेशका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला सांसदहरुको कोरोना परीक्षण भएको थियो।

निषेधाज्ञा जारी भएको र कोरोना फैलिरहेको बेला पीसीआर परीक्षणबिना संसद चल्न नहुने भन्दै सत्तारुढ एमालेले मंगलबार संसद अवरुद्ध गरेको थियो। त्यसपछि सबै सांसद एवं संसदका कर्मचारीहरुको कोरोना परीक्षण गरिएको थियो। गण्डकी स्वास्थ्य निर्देशनालयले सांसदहरुको कोरोना रिपोर्ट बुझाएको छ।

एमालेका दुई र कांग्रेसका एक जना सांसदलाई कोरोना पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ। तर १ बजे दिउँसो संसद बैठक बस्ने तय भएको छ। संसद सचिवालयले कोरोना लागेका सांसदलाई बैठकमा बोल्न नदिने तर अविश्वासको प्रस्तावमाथि मतदान गर्न दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्