अमेरिकामा गुन्जिए बुद्धवीरका गीत



तका बुद्धवीर लामाद्वारा रचना गरिएका गीतहरु प्रस्तुतगर्दै अमेरिकामा बुद्धवीर लामा दशौं गीतिमय साँझ २०२१सम्पन्न भएको छ। गीतकार लामाको एकल र युगल गीत प्रस्तुत गरिएको कार्यक्रम नेपाली समय अनुसार आइतबार पेन्सिलभेनिया राज्यको ह्यारिस बर्ग शहरमा सम्पन्न गरिएको हो।

कार्यक्रममा विभिन्न गायक गायिकाले लामाद्वारा रचिएका एक दर्जन बढी गीत प्रस्तुत गरेकाथिए। कार्यक्रममा यमु राईले धोखा दियौ तिमीले र लालि गुराँस अजम्बरी बोलको गीत प्रस्तुत गरेकाथिए। त्यसैगरी निर्मल गुरुङ र रुकु ढुंगानाले आजहाम्रो भेट भाको दिन, टीका लामिछानेले खोटाङ हलेसी र कतिमाया लाग्छ रिमै, जितेन्द्र गिरीले सवैकुरा भन्दानि पैसै ठूलो छ, प्रेम गुरुङले चलेछ बतास सुस्तरी, रुकसमणि ढुंगानाले चोली राम्रो पाल्पाली ढाकाको, मनोज ढकालले बादलुको घुम्टोले इलामबजार छोपिँदा बोलका गीत प्रस्तुत गरेकाथिए।
दर्शकले भरीभराउ र सांगीतिक कार्यक्रममा गीतकार लामालाई नेपाली १७लाख ९५ हजार २ रुपैयाँ नगदसहित सम्मान गरिएको थियो। कार्यक्रममा गीतकार धन लोप्चनले लामाको सम्मानमा उनका गिती रचना वाचन गरेर सुनाएका थिए। कार्यक्रम करिव ३ घण्टा चलेको थियो।

लामाका यसअघि काठमाडौंमा आठ तथा झापामा एक पटक एकल साँझ आयोजना भएको थियो। यस अगाडि कार्यक्रमबाट उठेको रकमखर्च कटाएर बृद्धा आश्रम र बाल अनाथालयलाई प्रदान गर्दै आएका लामाले अमेरिकामा सम्पन्न कार्यक्रममा पाएको सम्मानबाट आफ्नो जन्मथलो इलामको बौद्ध धाममा पहिलो पटक म्याराथन दौड आयोजना गर्ने बताए। उनीम्यारा थन धावक समेत हुन्। ‘गीतकारलाई विदेशमा बोलाएर एकल सांगीतिक कार्यक्रमको आयोजना शुरु भएको छ। यो खुसी र गर्वको कुरो हो’ लामाले भने ‘यसले म मात्रहोइन, सम्पूर्ण गीतकारलाई समेत हौसलामिलेको छ।’ करिब ४ दशकदेखि गीत लेखनमा क्रिया सिललामाका सयौं गीतलोकप्रिय छन्।

प्रतिक्रिया दिनुहोस्