जलवायु परिर्वतनको दीर्घकालिन रणनिती तयार गरिँदै : मन्त्री आले



विमल विष्ट, काठमाडौं ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालले जलवायु परिर्वतनको दीर्घकालिन रणनिती तयार गरीरहेको बताउनु भएको छ । श्रीलङ्काको लागि बेलायती उच्च आयोग तथा श्रीलङ्का सरकारद्धारा संयुक्त रुपमा आज मंगलबार आयोजना गरिएको दक्षिण एसियाली मुलुकहरुको मन्त्री स्तरीय भर्चुअल मिटिङमा मन्त्री आलेले सो कुरा बताउनु भएको हो ।

दक्षिण एसियाका आठ देशका मन्त्री तथा उच्च पदस्थ अधिकारीहरु सहभागी रहेको उक्त भर्चुअल कार्यक्रममा मन्त्री आलेले विश्वव्यापी रुपमा भईरहेको जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि नाइट्रोजनको व्यवस्थापनमा पनि जोड दिनु पर्ने बताउनु भएको थियो ।
उक्त भर्चुअल मिटिङमा मन्त्री आलेले भन्नुभयो, “कृषि लगायत विभिन्न क्षेत्रहरुबाट उत्सर्जन हुने नाइट्रोजन फोहोर ९लष्तचयनभल धबकतभ० ले वातावरण, जैविक विविधता तथा मानव स्वास्थ्यमा असर पारिरहेको छ, यसको असर न्यूनिकरणका लागि एकिकृत नाइट्रोजन व्यवस्थापन रणनीति बनाई प्रभावकारी कार्यान्वयन गर्नु अहिले आवश्यकता छ ।”

नेपाल जलवायु परिर्वतनको दृष्टिकोणले जोखिममा रहेको कुरा बताउनु हुँदै मन्त्री आलेले जलवायु परिर्वतनको मुद्दालाई सम्बोधन गर्न नेपालले गरिरहेका कार्यहरुका बारेमा समेत प्रकाश पार्नु भएको थियो । साथै उहाँले पेरिस सम्झौता बमोजिमको प्रतिबद्धता अनुरुप नेपाल सरकारले हालसम्म गरेका कार्यहरु पनि उक्त कार्यक्रममा स्मरण गराउनु भएको थियो ।

मन्त्री आलेले उक्त कार्यक्रममा जलवायु परिर्वतनको दीर्घकालिन रणनितीका बारेमा नेपाल ले गरिरहेका कामहरुका बारेमा समेत जानकारी गराउनु भयो । रणनीति अनुसार सन् २०५० सम्ममा लभत शभचय नचभभलजयगकभ नबक झष्ककष्यल को लक्ष्य तय गरिएकोमा विभिन्न क्षेत्रहरुबाट उत्सर्जन हुने नाइट्रोजन प्रदुषण व्यवस्थापन तथा न्यूनिकरण गररे मात्र निर्धारित लक्ष्य हासिल गर्न सकिने समेत मन्त्री आलेको धारणा राख्नुभयो ।

उहाँले थप भन्नुभयो, “ नाइट्रोजन प्रदुषण व्यवस्थापन तथा न्यूनिकरण गर्नु अहिलेको प्रमुख आवश्यकता छ ।” आगामी जलवायु परिर्वतन सम्बन्धि पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलनमा प्रभावकारी सहभागीता जनाउनका लागि नेपालले गरिरहेको पूर्वतयारीका बारेमा समेत मन्त्री आलेले उक्त कार्यक्रममा प्रकाश पार्नु भयो ।

विभिन्न क्षेत्रहरुबाट उत्सर्जन हुने नाइट्रोजन फोहर सन् २०३० सम्ममा आधा कटौती गर्नका लागि भएको कोलोम्बो घोषणाले तय गरेको उद्देश्य प्राप्तिका लागि साझा प्रयास आवश्यक भएको भन्दै यसका लागि संयुक्त वातावरण विकास साझेदार तथा सबै सदस्य राष्ट्रहरुलाई एकजुट भई सहकार्य गर्न समेत मन्त्री आलेले आग्रह गर्नु भयो । उक्त भर्चुअल कार्यक्रममा श्रीलङ्काका सम्माननीय राष्ट्रपति गोटाबय राजपाक्षले नाइट्रोजन प्रदुषण न्यूनिकरण सम्बन्धि भिडियो सन्देश दिनु भएको थियो ।

साथै उक्त कार्यक्रममा दक्षिण एसियाका मन्त्री तथा उच्च पदस्थ अधिकारीहरुले आ¬–आफ्नो देशमा जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि भए/गरेका कार्यहरुका बारेमा जानकारी दिनु हुँदै अबका दिनमा नाइट्रोजन प्रदुषण न्यूनिकरणका क्षेत्रमा पनि काम गर्नु पर्ने कुरामा जोड दिएका थिए । उक्त कार्यक्रममा नाइट्रोजन शुन्य अभियान सम्बन्धी एक मिनेटको श्रव्य दृश्य सामग्री समेत विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्