जनप्रतिनिधि पनि छाडेन स्याङ्जा प्रहरीले, नदी उत्खनन्मा संलग्न सरकारी डोजर नियन्त्रणमा

नगरपालिकालाई जरिवाना, नगरपालिकाकै खातामा



भूपराज बस्याल,स्याङ्जा । 

यहाँको शान्ति सुरक्षाको निम्ति पछिल्लो समय निकै सक्रिय प्रहरीले जनप्रतिनिधिका अबैधकाम लाई पनि रोक्न उत्तिकै लागि परेको छ ।
प्रहरी प्रमुख होबिन्द्र बोगटीको स्याङ्जा प्रवेश भए लगत्तै प्रहरीले सबैलाई समान व्यबहार गर्ने बताउदै आएपनी त्यसको कार्यनयनमा भने आम जनमानसले भने त्यति बिश्वस गरेका थिएन । तर पछिल्लो समय जनप्रतिनिधि देखी सबैलाई कानुन दायरामा ल्याउन प्रहरी सफल भएपछि बोगटीको यो भनाइले जनबिश्वास पाएको छ ।

अबैध नदि उत्खननमा पटकपटक प्रहरीको नियन्त्रणमा परेको चापाकोट नगरपालिकाको डोजर सोमबार पुनः प्रहरीले नियन्त्रणमा लिएको छ । अबैध नदि उत्खननको सुराकी पाएर पुगेर प्रहरीले सोमबार बिहान करिब ८ः३० बजे नदि उत्खनन गर्दैगर्दा सवारी पक्राउ गरेको स्याङ्जाका प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिनुभयो । चापाकोट नगरपालिका २ सोम भञ्ज्याङ्, ज्याग्दी खोला बाट ढुङ्गा निकाल्दै थुप्रो लगाउदै गरेको नगरपालिकाको बिना नम्बर प्लेटको डोजर र सोही ढुङ्गा ओसार्दै गरेको एउटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । सवारी चालक थान बहादुर कुवर र रामु नेपाली समेत प्रहरी नियन्त्रणमा रहेको बोगटीले जानकारी दिनुभयो । कारबाही गर्ने सरकारी निकायनै बिना टेन्डर यसरी नदि उत्खननमा संग्लनहुनु दुखद घटना भएको भन्दै बोगटीले नियन्त्रणमा लिइएको नगरपालिकाको डोजरलाई के कारबाही गर्ने भन्ने बारेमा परामर्श भैरहेको बताउनुभयो ।

यस अघि पनि रातिको समयमा नदि उत्खनन गर्दैगर्दा यहीँ डोजर प्रहरीले नियन्त्रणमा लिएको थियो । तत्कालीन समयमा नियन्त्रणमा लिइएको डोजरलाई अब उपरान्त अबैध काममा संलग्न नगराउने बाचा कबुलका साथ २५ हजार जरिवाना गरिएको थियो । नगरपालिकाकै खातामा उक्त रकम जम्मा गरेपछि डोजर छाडिएको थियो ।अत्याधिक मात्रामा नदी उत्खनन् भएपछि स्याङ्जा प्रहरीले नदीमा डोजर लगाउन पूर्णरुपमा प्रतिवन्ध लगाएको थियो । प्रहरीले नदी उत्खनन्मा डोजर प्रतिबन्ध लगाएपनि नदी उत्खनन् भने रोकिएको छैन् । यसै बिसयमा चापाकोट नगरपालिकाका सुचना अधिकारी विन्दु कोइरालाले नगरपालिकाबाट डोजर बाटो खन्न भनी लगिएको र बाटो खन्ने क्रममा नदिमा डोजर पस्दा प्रहरीले नियन्त्रणमा लिएको भन्ने मात्रै आफ्नो जानकारीमा रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्