बैतडीमा जन्ती बोकेको जिप दुर्घटना एकको मृत्यु, दुलाहा-दुलहीसहित १२ जना घाईते



न्युज अफ नेपाल ,काठमाडौं ।

बैतडीको पाटनमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुलाहा-दुलहीसहित १२ जना घाईते भएका छन् । महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्लाल्लेक आउँदै गरेको ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब छ बजे बैतडीको पाटन नगरपालिका–६, घट्टीखोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका करिब ५५ वर्षीय देवदत्त जोशी रहेका छन् ।मृतक दुलाहाका काका रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा जिप चालक तर्कराज जोशी गम्भीर घाईते भएका छन् । दुलाहा-दुलही सामान्य घाईते भएका छन् ।

दुर्घटना भएको स्थानमा अहिले स्थानीयवासी र प्रहरीले उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्