ललितकला लेखन कार्यशाला



ललितकला लेखनलाई प्रभावकारी बनाउने लक्ष्यका साथ एक दिवसीय लेखन कार्यशाला गरिएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हस्तकला विभागको आयोजनामा भएको कार्यशालामा कलालेखनका विविध पक्षमाथि अवधारणा पत्र प्रस्तुत गरिएको थियो। नक्सालस्थित प्रतिष्ठान परिसरमा भएको उक्त कार्यशालाको शुभारम्भ गर्दै कुलपति केके कर्माचार्यले ललितकलालाई आममा निससम्म पु-याउन लेखनले महत्वपूर्ण भूमिका खेल्दै आएको चर्चा गरे।

कार्यक्रमको पहिलो सत्रमा वास्तुकला तथा अन्य सृजनात्मक कला विभागका प्रमुख प्राज्ञ रमेशनाथखनालले सही ढंगले कलालेखन भएमात्रै कलाको चर्चा परिचर्चा आम मानिसम्म पुग्न सक्ने बताए। नेपालीकलाको ऐतिहासिकता निकै वैभवशाली रहेको जनाउँदै हस्तकला विभागका प्रमुख प्राज्ञ धर्मराज शाक्यले भने, ‘कला र संस्कृतिको विकाससँगै मानिस समृद्ध बनेको हो।’ एक दिवसीयकला लेखन कार्यशाला–२०७८मापाँच विज्ञले अवधारणा पत्र प्रस्तुत गरेकाथिए।दोस्रो सत्रमा समालोचक उपप्राध्यापक तेजविलास अधिकारीले समाज र ललितकला विषयमा अवधारणापत्र प्रस्तुत गर्दै मानिसले दैनिक जीवनलाई सहज बनाउन हस्तकलाका सामान बनाउँदै आएको बताए।

कला पत्रकारिताको अन्तर्य विषयमा कलाकार तथाकला लेखक केशवराज खनालले कार्यपत्र प्रस्तुतगर्दै लेखनले मात्रै कला र कलाकारलाई समाजमा परिचित बनाउन सहयोग पुग्ने जिकिर गरे। कार्यशालामा कलाकृतिःकलालेखनविषयमा आफ्नो अवधारणा प्रस्तुतगर्दै कलाकार तथाकला लेखक देवेन्द्र थुम्केलीले कलाका शैलीगत विकास तथा विषयगत पक्षमाथि चर्चा गरे। उनले कला लेखनमा कलाका आधारभूत सिद्धान्त तथा तत्वका विषयमा चर्चा गर्दै लेखकले माध्यमतथा सामग्रीका बारेमा जानकार हुनुपर्ने बताए। उनले कलामा हुने स्वरुप र सार (विषय) लाई बुझ्न सकेमात्रै पत्रकारिता र लेखनमा मद्दत पुग्ने धारणा व्यक्त गरे। त्यसैगरी मिथिला कलाकार एससी सुमनले नेपाली हस्तकलाको विविध स्वरूपका बारेमाकार्य पत्र प्रस्तुत गर्दै लोक हस्तकलाको सामाजिक तथा सांस्कृतिक पक्षमाथि परिचर्चा गरे।

उनले मैथिलीकला, सुजनी लोकहस्त कला, लोकमूर्ति, भित्तिचित्र, थारु हस्तकलाका साथै नेपालका विभिन्न स्थानमा बनाइने लोक हस्तकला तथा जातीय गरगहनाले सांस्कृतिक वैभवलाई चिनाउन र फराकिलो बनाउन मद्दत गरेको सुनाए। सह प्राडा धनप्रसाद सुवेदीले पुस्तक लेखन तथा प्रकाशनका बारेमा अवधारणा प्रस्तुतगर्दै सिर्जनशील लेखनलाई मात्रै कलाको मर्म र अन्तर्यलाई बाहिर ल्याउन मद्दत मिल्ने विचार व्यक्त गरे। प्रतिष्ठानका लोककला विभाग प्रमुख प्राज्ञ मिथिलादेवी, मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले आमसञ्चार माध्यमले कला लेखनलाई उचित स्थान दिनु पर्नेमा जोड दिए। कार्यशाला नेपाल ललितकला पत्रकार समाज (सोफाज) ले संयोजन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्