अग्रजको सम्झना र सम्मानमा गीत



नेपाली सांगीतिक क्षेत्रका अमर स्रष्टाहरुलाई समर्पित गर्दै संगीतकर्मी कन्हैया सिंह परियारद्वारा तयार पारिएको गीत जुन गीत सुनेरशुक्रवार राजधानीमा अयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ।नेपाल संगीत प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवं लोकप्रिय संगीतकार शम्भूजीत बासकोटाले उक्तगीतको भिडियो सार्वजनिक गरेकाहुन्। गीतमा गायक परियाका स्वर तथाशब्द छ भने संगीतकार सन्तोष श्रेष्ठले संगीतदिएका छन्। गायक सिंहले आफ्नो रचनामा नारायण गोपाल, गोपाल योञ्जन, झलमानगन्धर्व, तारादेवी, फत्तेमान राज भण्डारी, अम्बर गुरुङ, अरुणा लामा, गणेश परियार, मोतिराम भट्ट, लालबहादुर खाति, शिवशंकर, मेल वादेवीलगायतका स्रष्टालाई समेटेका छन्।

गीतमाअमुलकार्की ढलीको संगीत संयोजन रहेको छ। गीतको म्युजिक भिडियोमा गायक कन्हैया सिंह, संगीतकार सन्तोष श्रेष्ठ, संगीतकर्मी अमूल कार्कीका साथमा प्रकाश मिश्रलगायतले अभिनय गरेका छन्। हेम प्रभास अधिकारीद्वारा निर्देशित उक्तगीतको भिडियोमा अजय रेग्मीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ।संगीतकार बासकोटाले अग्रजको सम्मान गर्ने व्यक्ति सांगीतिक क्षेत्रमा सधैं अमर रहने चर्चा गरे। गीतका संगीतकार सन्तोष श्रेष्ठले यो गीतमा संगीतभर्न चुनौतीपूर्ण रहेको बताए। गायक परियारले तीनवर्ष अघिदेखिको योजनालाई साकार रुप दिन पाउँदा खुशी लागेको बताए। साढे दुई दशक भन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार परियारले गीतको म्युजिक भिडियो रेडियो नेपालको प्रांगणमा छायांकन गराएका छन्। ‘हामी सबै उहाँहरुकै गीत सुनेर हुर्किएकाहौं, तीनै महान् संगीत कर्मीलाई सांगीतिक रुपले सम्झनागर्न यो गीततयार पारेको हु’ गायक सिंहले भने।

प्रतिक्रिया दिनुहोस्