उकालो लाग्दै कोरोना ग्राफ, कहाँ कति संक्रमित ?



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशरर ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो। कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४५० रहेको छ । आज थप २८ जनाको मृत्यु भएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार शनिबारसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१३६ रहेको थियो । तर आइतबारको तथ्यांकमा मृतक संख्या ३१६४ पुगेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या १९ हजार ३८२ पुगेको छ । जसमध्ये १७ हजार ७८८ जना होम आइसोलेसनमा र १५९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । आइतबारसम्म २५२ जना आईसीयूमा र ६५ जना भेन्टिलेटरमा उपचाररत छन्

कहाँ कति संक्रमित थपिए ?

आज काठमाडौं उपत्यकामा १४९८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बाँकेमा ३५३, ललितपुमा २७०, रुपन्देहीमा २०९, सुर्खेतमा ११८, मोरङमा ११० र कास्कीमा १०५ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला, बाँके, कास्की, रूपन्देही र सुर्खेतमा सक्रिय संक्रमितको संख्या ५०० नाघिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्