जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि सत्यवतीको पोल्टामा



न्युज अफ नेपाल, तनहुँ ।

जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि व्यास नगरपालिका–२ दमौली स्थित सत्यवती माध्यामिक विद्यालयले जितेको छ । सत्यवतीले ६ स्वर्ण, ३ रजत र ३ कास्य गरी १२ पदक सहित उपाधी जितेको हो ।

प्रतियोगितामा आँबुखैरेनी गाउँपालिकाको सत्रसय स्थित मित्रता माध्यामिक विद्यालय ५ स्वर्ण, दुई रजत र दुइ कास्य गरी नौ पदक सहित द्वितीय भएको छ भने शुक्लागण्डकी नगरपालिकाको पञ्चमुनि देव माध्यामिक विद्यालय ३ स्वर्ण, दुई रजत र एक कास्य गरी ६ पदक तृतीय भएको छ ।

प्रतियोगितामा पुरस्कृत हुनेहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डे, सचिव तुलसी पाण्डेले संयुक्त रुपमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । समन्वय प्रमुख वाग्लेले खेलकुदले जिल्ला, प्रदेश र राष्ट्रलाई चिनाउने काम गर्नुका साथै शारिरीक तथा मानसिक स्वास्थ्य राख्न, अनुशासित, मर्यादित तथा सभ्य नागरिक बनाउन टेवा पु-याउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्