क्यान्सर रोग पीडितलाई मन्त्री आलेको आर्थिक सहयोग



विमल विष्ट, काठमाडौं ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले क्यान्सर रोगले पीडित भएका डोटीका दुइजनालाइ आज शनिबार आर्थिक सहयोग प्रदान गर्नु भएको छ । क्यान्सर रोगले पीडित भएका जिल्लाको दिपायल सिलगढी नगरपालिका–२ बस्ने ३७ वर्षीय सुर्वण कठायत तथा सोही नगरपालिका–५ बस्ने १२ वर्षीय संगीत सेवालाई उपचारमा सहज होस भनेर मन्त्री आलेले आज आर्थिक सहयोग प्रदान गर्नु भएको नेकपा (एमाले) का डोटी जिल्ला पार्टी सचिब लक्ष्मण मलासीले जानकारी दिनुभयो ।

लामो समयदेखि क्यान्सर रोगले पीडित भएका कठायतको क्यान्सर हस्पिटल हरिशिद्धि ललितपुर तथा अर्का पीडित सेवाको क्यान्सर अस्पताल भक्तपुरमा उपचार भइरहेको छ । मन्त्री आलेले कठायतलाई रु वीसहजार तथा सेवालाई रु पन्द्य्र हजार सहित कुल रु पैतिस हजार प्रदान गर्नु भएको हो ।

हिजो शुक्रबार मात्रै मन्त्री आलेले लामो समयदेखि पेटको समस्याले काठमाडौँको नर्भिक अस्पतालमा उपचार गराइ रहनु भएका डोटीको पुर्वीचौँकी गाउँपालिका उपाध्यक्ष निर्मला साउदको उपचारका लागि रु तीस हजार तथा डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेना घर भएकी ५३ वर्षीया मृगौला पीडित उजुली आउजीलाई रु पन्द्य्र हजार तथा डोटीकै आदर्श गाउँपालिका–५ बस्ने रुपसिंह टामटालाई रु दश हजार गरी कुल रु ५५ हजार आर्थिक सहयोग प्रदान गर्नु भएको थियो ।

मन्त्री आलेले उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नु भएपछि पीडितका आफन्तहरु निकै खुशी भएका छन् । पछिल्लो समय बिरामीलाई आर्थिक सहयोग गर्ने सुदूरपश्चिम प्रदेशका एक मात्रै नेता तथा मन्त्रीका रुपमा चिनिदै चिनिदै आउनु भएको छ । मन्त्री आलेले अहिले सम्म देशै भरीका कम्तिमा पनि एक हजार भन्दा बढी नागरिकलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरी सक्नु भएको छ । बिरामी भएर उपचारका लागि काठमाडौँ आउने अधिकाँस बिरामीहरु मन्त्री आलेलाई सहयोगका लागि आग्रह गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्