२५ वर्षपछि फेरि आयो प्रतापको देवता



२५ वर्षअघि नेपाल टेलिभिजनमार्फत प्रसारणमा आएको चर्चित टेलिफिल्म देवता वेब सिरिजका रूपमा युट्युबमा रिलिज भएको छ। स्व. प्रकाश कोविदको उपन्यास देवतामा आधारित उक्त टेलिफिल्म निर्देशन ख्याति प्राप्त निर्देशक प्रताप सुब्बाले गरेका छन्।

यो सिरिज नयाँ वर्षको अवसर पारेर किम्भे प्रोडक्सन नामक युट्युब च्यानल मार्फत रिलिज गरिएको हो। भारतको सिक्किम र दार्जिलिङको रमणीय स्थलमा छायांकन गरिएको उक्त सन्देश मूलक टेलिफिल्ममा तत्कालीन नेपाली समाजको चित्रण गरिएको छ। उक्त टेलिफिल्म युट्युबमार्फत भएको आम्दानीबाट पर्दा पछाडि रहेर काम गरिरहेका प्राविधिकहरुलाई सहयोग गर्ने गरी निर्देशक सुब्बाले उपलब्ध गराएको मेकअप आर्टिस्ट सन्तु तामाङले बताए। ‘२५-३० वर्षदेखि पर्दापछाडि रहेर काम गरिरहेका प्राविधिक अहिले पनिकोभिड–१९ काकारण कामनभएर समस्यामा हुनुहुन्छ। उहाँहरु जस्तै विभिन्न समस्या र पीडामा परेका प्राविधिकलाई टेलिफिल्मको आम्दानीबाट सहयोग गरिनेछ। यसका निर्माता तथा साथी विज्ञान जोशीले पहिले नै हामीलाई प्राविधिकका निम्ति टेलिफिल्म दिनुभएको थियो र निर्देशक प्रताप सुब्बासँग थन्किएर रहेको थियो। विभिन्न कारण वश युट्युबमा रिलिज चाहिँ भर्खरै मात्रभएको छ।’ –उनले भने।

हरेक बुधबार नयाँ भाग रिलिजगरिने टेलिफिल्ममा रजनी राना मगर, दिनेशसिंह महरा, दिग्विजय केसी, मालामहत, मेनुका प्रधान, पुष्पल तालामा तामाङ, सीबी सुब्बा, श्याम भट्टराई, ललित सुब्बा, रवि शेर्पा लिम्बु, विशाल चाम्लिङ, भाइचुङ भुटिया, रोशन सुब्बा, हाङमा सुब्बा, दावाकिपा भुटिया, दाउकी भुटिया, बालकलाकार निवाहाङमा सावदेन, विशेष भूमिकामा श्रीराम पुडासैनी, रोशनी केसी लगायतले अभिनय गरेका छन्। टेलिफल्म टिस्टा रंगीत फिल्मसको प्रस्तुति रहेको छ। टेलिफिल्मको र्शीष गीत गायक गायिका उदय सोताङ र रिमा गुरुङले गाएका छन् भने मणि कलम क्षत्रीको संगीत, स्व. राजु मानन्धर र तासीको छायांकन, प्रदीप श्रेष्ठको पाश्र्व संगीत, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ। टेलिफिल्म राजेश प्रसाद जोशी, विज्ञान जोशी र सावित्री जोशीले निर्माण गरेकाहुन्।

प्रतिक्रिया दिनुहोस्