रोकिएको छैन स्वतन्त्रको पाइला



ललितपुर, (नेस)।

स्पाइनल ट्युमरका कारण तीनवर्षदेखि उनी हिँडडुल गर्न सक्दैनन्। तर, गीत–संगीतको क्षेत्रमाउनको पाइलाभने अझै रोकिएको छैन। उनीअर्थात् कलाकार स्वतन्त्र ‘संसार’ महर्जन।ललितपुरको खोकना निवासी महर्जनको सक्रियताको स्वरूपमा स्पाइनल ट्यिुमर हुनुअघि र पछि फरक भने अवश्यआएको छ। २०६२ सालदेखि अभियनय र हाल फिल्म पत्रकारितामा क्रियाशील उनले विशेषतः नेपाल भाषाको फिल्मनिफ्वो स्वाः (दुईटा फूल), जीपी बदमास मखु (हामी बदमास होइनौं), थ्वजिगु नुगः(यो मेरो मन) र इहिपा (विवाह) लगायत ९ फिल्ममा अभियन गरिसकेका छन्।

त्यस्तै, पियाच्वना (पर्खिरहेको छु ) लगायत तीनवटा फिल्मको निर्देशन गरिसकेका छन्।महर्जनले चलाइरहेको युट्युब अनलाइन टिभीमा हरेक साता व्यक्तित्वम्हसिका (व्यक्तित्व परिचय) टक शो प्रसारण भइरहेको छ। टक शोले २५ भाग पूरा गरेको अवसरमा खोकना स्थित कार्यविनायक परिसरमा बुधबार कलाकार, गीतकार, संगीतकारको भेटघाट जुराइयो। संसार क्रियसन नेपालले सो जमघट जुराइदिएको हो। ‘शारीरिकरूपमा हिँडडुल गर्न कठिनाइ भएपनिगीत–संंगीत र कला क्षेत्रको विकासका लागि मानसिक रूपमाअझ सक्रिय भएर लाग्ने जोश, जाँगर र इच्छा शक्ति रतिभर कमभएको छैन। पहिले शारीरिक रूपमा पनि निकै सक्रियहुन्थे र अहिले मानसिक र बौद्धिक श्रममा बढी लागिरहेको छु।’

क्रियसनका निर्देशक समेत रहनुभएका महर्जनले भने। यति भनेपछि खोकना क्षेत्र अर्थात् ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले मञ्च अगाडिको केक काटेर सबैभ न्दापहिलाकलाकार महर्जनलाई खुवाएर बधाई तथाशुभकामनाव्यक्त गरे। साथमा नेपालभाषाको पहिलो फिल्मसिलुकानायक जय श्रेष्ठ र चलचित्रजाँचपास बोर्डका सदस्य राजेश महर्जन थिए। समारोहमा नेवाःपत्रकार राष्ट्रिय दबूका केन्द्रीयमहासचिव सुनीलमहर्जनले सञ्चार क्षेत्रमार्फत महर्जनको सक्रियताले फरक क्षमताभएकाव्यक्तिलाई हेर्ने परम्परागत सामाजिक दृष्टिकोणलाई चिर्न सहयोग पु¥याएको चर्चा गरे।

प्रतिक्रिया दिनुहोस्