मधेसमा मैना



गायक केहरसिंह प्यासीको स्वरमा मधेसमा मैना बोलको गीत म्युजिक भिडियो सार्वजनिक गरिएको छ। म्युजिक भिडियोमा अभिनेता तथा मोडल पल शाह र अञ्जली अधिकारीले अभिनय गरेका छन्।

गीतको म्युजिक भिडियोको सम्पूर्ण दृश्यको छायांकन ललितपुर क्षेत्रमा गरिएको हो। गीतमा पछिल्लो समयकी चर्चित गायिका समीक्षा अधिकारीको समेत स्वर रहेको छ। यो गीत रविन लामिछानेले लेखेका हुन्। स्यामस्वेत रसाइलीले एरेन्ज गरेको गीतको लय र म्युजिक भने ऋषि खड्काले तयार पारेका हुन्। सार्वजनिक गीतलाई छोटो समयमै धेरैले मन पराएका छन्।

मौसम हिमालीको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियो झन्डै १० मिनेटको बनेको छ। गीतको म्युजिक भिडियो विकाश ज्ञवालीले सम्पादन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्