प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता



न्युज अफ नेपाल, काठमाडौं ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र एमाले नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच नागगपोखरीस्थित होटल म्यारिएटमा वार्ता सुरु भएको हो ।

वार्तामा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी छन् । पछिल्लो समय सर्वोच्चको फैसलापछि एमालेमा भाँडभैलो जारी छ । अध्यक्ष ओली र माधव नेपाल पक्षबीच निकै मनमुटावको स्थिति देखिन्छ । ओलीले माधव नेपाल लगायतका सो समूहका सांसदहरुलाई दुईदिने स्पष्टीकरण सोधेका छन् । भने नेपाल पक्ष सो निर्णयविरुद्ध अदालत जाने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्