टिपर दुर्घटना हुँदा चालकको मृत्यु



न्युज अफ नेपाल, पाल्पा ।

पाल्पा जिल्लाको माथागढीमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको माथागढी गाउँपालिका ०५ सुर्काबास स्थित गोठादी सुनवल कच्चि सडक खण्डमा सुनवलबाट माथागढी गाउँपालिका ५ स्थित रहेको चुनढुङ्गा खानी तर्फ आउँदै गरेको लु २ ख ३६३६ नं. को टिप्पर दुर्घटना भएको हो ।

खाली टिप्पर सडकदेखी अन्दाजी १ सय मिटर तल खस्न जाँदा टिप्पर चालक जिल्ला सल्यान बस्ने बर्ष ३७ को भोला राम बोहोरा घटनास्थलमै मृत्यूु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले ले जनाएको छ । दुर्घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी रहेको प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्