मान्छेले नसुनेपछि देउतालाई नै प्रश्न (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौ‌ ।

नेपाली समाजमा व्याप्त जातीय विभेदको समस्या दर्शाउने चेतनामूलक गीत ‘बोल देउता बाेलको भिडियो सार्वजनिक भएको छ । गायक ज्योती प्रकाशको स्वर र संगीत तथा चन्द्र भट्टचनको शब्दमा ‘बोल देउता बोल’ सार्वजनिक भएको हो ।  पूजारीले मन्दिरमा मूर्ति प्रतिस्थापन कार्यक्रममा मूर्तिकारलाई नै प्रवेश निषेध गर्दा उनी सोध्छन्, ‘मैले बनाएको मूर्ति तिमीले मन्दिरमा राख्न हुने मैले पूजा गर्न किन नहुने ?’

यही प्रश्न गरेबापत उनी मन्दिरमै कुटिन्छन् । टाउकाेमा चोट लागेर घाइते भएका उनी गीत मार्फत् देउतालाई नै प्रश्न गर्छन्, ‘बोल देउता बोल …??’ गीतको भिडियोमा पनि समाजमा कायम रहेको विभेद देखाउन खोजिएको छ । गीतकारसमेत रहेका शान्ति प्रियको निर्देशन रहेको भिडियोमा माधवराज खरेल, लोकराज अधिकारी र सुमन पण्डितलगायतको अभिनय छ । गोविन्द अन्जानको छायाँकन रहेको भिडियो विकास धमलाले सम्पादन गरेका हुन् ।

बोल देउता बोल ?
कि मेरो रगत रातो छैन ?
कि तिम्रो सबैको होइन ?….

 

प्रतिक्रिया दिनुहोस्