कतारी रियाल तत्काल साट्न आग्रह



काठमाडौं, (नेस) । 

नेपाल राष्ट्र बैंकले कतारी रियाल तत्काल साट्न सर्वसाधरणलाई आग्रह गरेको छ । वैशाख २७ गतेदेखि कतारी रियालको कारोबार बन्द हुने भएकाले सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको हो ।

कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट बन्द गरी आगामी असार १७ गतेदेखि नयाँ नोट प्रचलनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ । सो अवधिभन्दा अगावै सटहीका लागि समय सीमा तोकिएको हो । वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुनसक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको केन्द्रीय बैंकको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्