टुट्यो जेनिफरको इन्गेजमेन्ट



हलिउडकी चर्चित अभिनेत्री तथा गायिका जेनिफर लोपेजले आफ्नो प्रेमीतथा बेसबल खेलाडी एलेक्स रोड्रिग्युज सँगको इन्गेजमेन्ट तोडेकी छन्।

केही समय अघिदेखि उनीहरूबीचअसमझदारी बढ्दै गएका कारण सम्बन्धचिसिँदै गएको खबर सञ्चारमा ध्यममा छाइरहेका थिए। यसभन्दा अघि पनि उनीहरूको सम्बन्ध अन्त्यहुनलागेको खबर आएपनिउनीहरू दुवैले आफूहरूले एक–अर्कालाई समय दिइरहेको र सम्बन्ध राम्रो बनाइराख्ने कोशिस गरिरहेको बताइरहेका थिए।

अबभने उनीहरू दुवैले आधिकारिक रूपमा आफूहरू अलग हुन लागेको बताएका छन्। ‘हामीले महसुस ग-यौं किहामी साथी मात्र ठीक छौं र साथी नै रहनेछौं। साथै हामीले संयुक्तरूपमा शुरु गरेका कामजारी राख्नेछौं र अन्यप्रोजेक्टमा पनि एक–अर्कालाई साथ दिइरहने छौं। हामी चाहन्छौं किहाम्रादुई बच्चा पनि खुसी रहून्। ज–जसले हामीलाई माया दिनुभयो धन्यवाद।’ –उनीहरूले आफ्नो अभि व्यक्तिमा भनेका छन्। दुई वर्षअघि इन्गेजमेन्ट गरेका उनीहरू जेनिफरको पूर्वपतितर्फ कादुई जुम्ल्याहा छोरीहरू तथाएलेक्सको पूर्वपत्नीतर्फको एक छोरा र एक छोरीका साथ बस्दै आएका थिए।

सन् २००५ मा पहिलो पटक भेटेका जेनिफर र ऐलेक्सले आफ्नो पुरानो चिना जानीलाई प्रेममा बदलेका थिए। उनीहरूले दुई वर्षको प्रेम जीवन पछि सन् २०१९ मा इन्गेजमेन्ट गरेका थिए। इन्गेजमेन्ट गरेकोे केही समयमै विवाह गर्ने योजनामा बनाएका उनीहरूको विवाह कोभिड–१९ का कारण विवाह स्थगित भएको थियो। यही बीच उनीहरूको सम्बन्धमा दरार आउन थालेपछि भने यो सम्बन्ध सकिएको छ।

प्रतिक्रिया दिनुहोस्