लन्डनबाट आयो मीठो धोका



गीतकार तथा निर्देशक हीराकाजी थापाको नयाँ गीतमीठो धोकाको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा गायिका सुजाता वर्माको स्वर रहेको छ।

गीतकार थापाको शब्दतथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको गीतको संगीत संयोजन भने उदयराज पौडेलले गरेका छन्। लामो समयदेखि लन्डनमा बस्दै आएका थापाले लन्डनबाट इन्टरनेटको माध्यमबाट दर्जनौं गीतको म्युजिक भिडियो निर्देशन गर्दै आएका छन्। छायाँकार उत्तम हुमागाईंले छायांकन गरेको म्युजिक भिडियो थापाले नै निर्देशन गरेका छन्।

म्युजिक भिडियोमा गौरव गिरीको कोरियो ग्राफी र श्याम कुँवरको सम्पादन रहेको छ। म्युजिक भिडियोमा मोडल भद्रजंग कुँवर, समीक्षा पोखरेल, रिया क्षत्री, प्रवीण डिसी, गोर्खा तिरुवा र गंगा कुँवरलाई फिचर्ड गरिएको छ। भिडियो हीराकाजी थापाले नै निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्