गीतकार डा. उपाध्यायले बनाए विश्वकै ५१ रेकर्ड



तकार डा. डीआर (धर्मराज) उपाध्याय गीत–संगीतबाट विश्वमै सबैभन्दा बढी विश्व रेकर्ड कायम गर्ने व्यक्तित्व बनेका छन्। उपाध्यायले विभिन्न फरक शैलीका गीत र संगीत तयार गरेर विश्वकातीन दर्जनभन्दा बढी विश्व रेकर्ड तोड्दै सम्बन्धित संस्थाबाट ५१ विधामा विश्व रेकर्ड कायम गरेका हुन्।

३२ विधामा गिनिजअफ वल्र्ड रेकर्डसहित विभिन्न रेकर्ड बनाएका डा. उपाध्यायले पछिल्लो पटक गीत–संगीत सम्बन्धीथ प १९ विधामा नयाँ रेकर्ड कायम गरी ५१ विधाको नयाँ विश्व रेकर्ड आफ्नो नाममादर्ता गरेका छन्। उपाध्यायले यसपटक अमेरिकन बुक अफ वल्र्ड रेकर्ड, युरोपियन बुक अफ रेकर्ड, एभरेस्ट वल्र्ड रेकर्ड, एसियन वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम, सुप्रिम वल्र्ड रेकर्ड, द ब्रिटिस वल्र्ड रेकर्ड, आसाम वल्र्ड रेकर्ड, बंगाल वल्र्ड रेकर्ड, ओएमजी वल्र्ड रेकर्ड, च्याम्पियन वल्र्ड रेकर्ड, दुबई वल्र्ड ट्यालेन्ट बुक गरी १९ फरक विधामाविश्वकीर्तिमानीबनाएकाहुन्। सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले गीतकार तथा साहित्यकार डा. उपाध्यायलाई सबै वल्र्ड रेकर्डको प्रमाण पत्र हस्तानरण गरे।

यसपटक उनले १ सय ५० भन्दा बढी देशको पर्यटनस्थलको नाममा गीत तयार गरेर, सबैभन्दा छोटो १८ अक्षरको गीत–संगीत तयार गरेर, एकै दिनमा चारवटा गीत लेखी रेकर्ड गरेर रिलिज गरी, १ सय ७५ देशका मुद्राहरूको नाममा गीत संगीत तयार गरेर, क देखि ज्ञ सम्मका ३४ वटा प्रत्येक वर्णको गीत लेखी पुस्त कल्याएर वल्र्ड रेकर्ड कायम गरेका छन्। उनले ५५ वटा फरक–फरक फूलको नाममा गीत लेखी रेकर्ड गराएर, सबैभन्दा धेरैपटक आमातथा धेरैपटक बुबा शब्द प्रयोग गरी गीत रेकर्ड गराएर, विश्वका १ सय ६४ प्रजातिका चराको नाम समेटी रेकर्ड गराएर पनि पुराना कीर्तिमानलाई तोड्दै नयाँ कीर्तिमानी बनाएका छन्। त्यसै गरी आफ्ना गीतहरू चिया पिउने सबैभन्दा बढी कपमा छापेर, सबैभन्दा बढी पोस्टकार्डमा छापेर, सकरात्मक सोचमा फाइदा सम्बन्धी गीत तयार गरेर, ६० वर्ष नाघेका ११ जना गायक गायिकाको स्वरमा एकैपटक गीत रेकर्ड गराएर समेत उनले नयाँ कीर्तिमान बनाएका छन्।

कार्यक्रममा गायिका ज्ञानु राणा, गायक तथा संगीतकार सागर अधिकारी र गायक जुगल आचार्यले गीत सुनाएका थिए। उनीहरूले विश्व रेकर्डमा परेकाआफ्ना गीतगाएर सुनाएका थिए। कार्यक्रममा उपाध्यायको विश्वकी र्तिमानी गीति पुस्तकचोट, प्रेयसी तथा गीतिसंग्रह सपनाको महल, धड्कन, धर्ती र जीवन, प्रनिभाको पूर्वप्रधानमन्त्री चन्दले लोकार्पण गरेका थिए। चन्दले यसरी गीत–संगीत सम्बन्धी ५१ विश्व रेकर्ड कायमा गर्ने डा. उपाध्याय विश्वकै बिरलै स्रष्टामा पर्ने चर्चा गरे। त्यसै गरी, पूर्वमन्त्री रामेश्वर राययादवले आफ्ना स्कुले साथी एवं गीतकार साहित्यकार डा. उपाध्यायले नसोचेको विश्व रेकर्ड बनाएर सबैलाई चकित तुल्याएकोमा खुसी व्यक्त गरे। अर्का वक्ता डा. सुरेन्द्र केसीले एक नेपाली स्रष्टाले फरक ५१ वटा विधामा विश्व रेकर्ड बनाउनु सरकारकै लागि व्यंग्य भएको चर्चा गरे। डा. उपाध्याले नेपालीहरू पनि साहित्य तथा गीत–संगीत सिर्जनामा विश्वका स्रष्टा भन्दा कामन भएको प्रमाणित गर्न पछिल्लो तीन वर्षभित्रै आफूले यस्तो रेकर्ड बनाएको बताए। उनले यो देशकालागि समेत गौरवको विषय भएको बताए।

प्रतिक्रिया दिनुहोस्