ओलीले स्पष्टीकरण सोधेपछि नेपाल समूहका सांसद आकस्मिक बैठकमा



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समूहका सांसदहरुको आकस्मिक बैठक बोलाएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाहीका लागि संसद पदबाट किन नहटाउने ? भन्दै स्पष्टीकरण सोधेपछि नेपालले सांसदहरुको बैठक बोलाएका हुन् । अहिले बानेश्वरस्थित अर्याल होटेलमा नेपाल समूहको बैठक बसिरहेको छ ।

ओलीले आजै संघीय संसद्का २७ सांसदलाई कारबाहीका लागि स्पष्टीकरण पत्र पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्